Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कर्मचारी युनियन संघ उदयपुरमा तीन मनोनित

  • उपहार न्यूज
  • बिहिबार, साउन ८ २०७७
कर्मचारी युनियन संघ उदयपुरमा तीन मनोनित

उपाहार न्यूज
उदयपुर श्रावण ८
कर्मचारी युनियन संघ उदयपुरको कार्य समितिमा रिक्त रहेको तीन पदमा मनोनित गरिएको छ । बिहिबार कर्मचारी युनियन संघ उदयपुरको पूर्ण बैठकले कार्य समितिको रिक्त रहेको पदमा मनोनित गरिएको हो । कर्मचारी युनियन संघका केन्द्रिय सदस्य मान बहादुर वनको उपस्तिथीमा भएको बैठकले रिक्त रहेको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य पद मनोनित गरि समितिलाई पूर्ण गरिएको हो ।
जिल्ला समिति अध्यक्ष पहलमान खड्काको अध्यक्षतामा बसेको बैठकले समितिको उपाध्यक्षमा सुशील भण्डारी, कोषाध्यक्षमा ढकराज कटुवाल र सदस्यमा उत्तम भट्टराईलाई मनोनित गरिएको युनियन संघका सचिव विशाल सुन्दासले जानकारी दिनु भयो ।
कर्मचारी युनियन संघले त्रियुगा नगरपालिका स्तरीय नगर अधिवेशन आगामी श्रावण ३१ गते गाईघाटमा आयोजना गर्ने समेत बैठकले निर्णय गरेको संघका सचिव सुन्दासले जानकारी दिनु भयो ।

Last updated:2020 Jul 23 Thursday 15:13:05

प्रतिक्रिया
सम्बन्धित समाचार