Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बेल्टारमा कांग्रेसको मौन प्रदर्शन, मन्त्रीद्धारा उद्घाटन गरिने कार्यक्रम स्थगीत

  • उपहार न्यूज
  • शुक्रबार, असार २६ २०७७
बेल्टारमा कांग्रेसको मौन प्रदर्शन, मन्त्रीद्धारा उद्घाटन गरिने कार्यक्रम स्थगीत

उपाहार न्यूज
उदयपुर असार २६
चौदण्डिगढि नगरपालिका ७ बेल्टार बजारमा निर्माण गरिएको पार्क सर्वपक्षिय जानकारी र सहमती विना उद्घाटन खोजिएको भन्दै नेपाली कांग्रेसले शुक्रबार बिहान बेल्टार बजारमा कालो झण्डा सहित मौन विरोध प्रदर्शन गरेको छ ।
विगतमा वेल्टार बसाह नगरपालिका हुदै चौदण्डिगढि नगरपालिका सम्म आईपुग्दा नगरपालिकाले बर्षेनी बजेट विनियोजन गर्दै पार्क निर्माण गर्दै आएको थियो । अघिल्लो आर्थिक बर्षमा प्रदेश सभा सदस्य विमल कार्कीको निर्वाचन क्षेत्र विकास कोषबाट २० लाख र चालु आर्थिक बर्षमा ५ लाख गरी पार्कलाई व्यवस्थित गरिने काम भएको थियो । पार्क निर्माण उपभोक्ता समिति भित्रका केहि सदस्यहरुले सर्वपक्षिय छलफल विनानै पार्क उद्घाटनका लागि शुक्रबार बिहान प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की मार्फत गराउने तयारी गरेका थिए । तर पार्क निर्माण उपभोक्ता समितिका सल्लाहकार, समिति भित्रका सदस्यहरुलाईनै थाहा नदिई एक्लौटी ढंगले पार्क उद्घाटन गर्न खोजे पछि नेपाली कांग्रेसको नेतृत्वमा स्थानियहरुले बेल्टार बजारमा विरोध स्वरुप कालो झण्डा सहित प्रदर्शन गरेका थिए । पार्क निर्माण पछि समिति भित्र विना निर्णय, सर्वपक्षिय छलफल विना प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीलाई बोलाईए पछि स्थानिय नागरिकहरुले समेत असुन्तष्टि जनाएका थिए । पार्क उद्घाटनको जानकारी नगरपालिका र वडा कार्यालयलाई समेत थाहा नभएको चौदण्डिगढि नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तेजराज तिम्सिनाले बताए ।
यता पार्क निर्माण उपभोक्ता समितिका सहसचिव विकास बन्जराले भने बसाह स्थित लामा खोलामा बाढि आएका कारण मन्त्री हिक्मत कार्की आउन नसकेको कारण पार्क उद्घाटन स्थगीत भएको बताए ।

Last updated:2020 Jul 10 Friday 14:02:03

प्रतिक्रिया
सम्बन्धित समाचार