ललित राई/सुमन खतिवडा
रामपुर, असार २३ ।
गर्मी मौसम बढेसँगै बिषालु सर्पको बिगबिगी शुरु भएको छ । विशेष तराई क्षेत्रमा भयाबह रहेको सर्पदंश त्रास उच्च रहेको ठाउँहरुमध्ये उदयपुरको बेलका नगरपालिका पनि एक हो । यस क्षेत्रमा वर्षेनी दर्जनौ सर्वसाधरणले सर्पकै कारणबाट ज्यान गुमाउनुपरेको अवस्था छ ।
तर, सर्पको डसाईबाट हुने मृत्युलाई रोक्न यहाँ ‘अस्मिता राई स्मृति सर्पदंस उपचार केन्द्र’ स्थापना भएपछि यो समस्या लगभग शून्यमा झरेको छ । अपरझट र भौगोलिक बिकटताका कारण समयमै उपचार केन्द्रमा ल्याउन नसकिएकाहरुले गुमाएको ज्यान बाहेक हाल सो क्षेत्रमा अधिकांस उपचार सफल भई उपचारपछि घर फर्किनेहरुको संख्या शतप्रतिशत छ । स्थानीय स्तरमै सेवा उपलब्ध भएपछि सर्वसाधरण हर्षित छन् । अकालमै गुज्रने ज्यानहरु सुरक्षित हुन थालेका छन् ।
सर्पले डसिहाले आफन्तले घाईतेलाई बोकेर या एम्बुलेन्समा राखेर उपचार केन्द्रमा पु¥याईहाल्छन् । केन्द्रमा रहेका प्राबिधीकद्वय राजेश भट्टराई र कृष्ण बस्नेत बिरामी आउनासाथ जस्तोसुकै अबस्थामा भएपनि जुटीहाल्छन् । बिरामीको उपचारमा रात दिन जुनसुकै समय र अबस्थामा भएपनि बिरामीको स्वास्थ उपचार गरी निको बनाउन चारै प्रहर खट्छन् उनीहरु । दुवैजना दिनरात खट्छन् । फलस्वरुप यस क्षेत्रका अधिकांस सर्पदंश बिरामीले उन्मुक्ति पाएका छन् ।
बेलका नगरपालिकाको कार्यलय परिसरमा ३ बर्ष अघि स्थापना भएको सर्पदंस उपचार केन्द्रले यसरी सेवा दिन थालेपछि हालसम्म तीन सय ८६ जना बिरामीले नयाँ जीवनदान पाईसकेको बताउछन् सर्पदंस उपचार केन्द्रका अध्यक्ष कर्णकुमार श्रेष्ठ । असार २२ गते सा‘झ यो समाचार तयार पार्दै गर्दा पनि छिमेकी पालिका चौदण्डीका एक किसोरीलाई सर्पले डसेको कारण बिरामीको उपचारमा व्यस्त थिए प्राबिधिकद्धोय । तुरुन्तै १५ मिनेटको फरकमा दुईजना ‘स्नेक बाईट भिक्टीम्स’ बेलका ५ की १८ बर्षिया नमिता बिक र अर्कालाई ल्याईहाले आफन्त र छिमेकीहरुले उपचार केन्द्रमा । ‘रातभर बिरामीसंगै जागा बस्नु पर्छ, क्षणक्षणमा बिरामीको अबस्थाको जाँच र निगरानी गरिरहनु पर्छ ।’ प्राबिधीक राजेस भट्टराईको भनाई थियो ।
सर्पदंशका कारण अज्ञानमा धेरैले अकालमै पनि ज्यान गुमाएको तितो अनुभव आफुसँग भएको बताउदै प्राबिधीक भट्टराईले सर्पदंशसम्बन्धी जानकारीमुलक सन्देश समुदाय र बिद्यालय स्तरमा लानसके अकालको मृत्युलाई जित्न सकिने थियो । कतिपय बिरामी केन्द्रसम्म आईपुग्दा समय बितिसकेको,सर्पले डसेको घाउमा थप काटेको अबस्थामा आईपुग्ने गरेको बताउछन् जुन सरासर गÞलत हो ।’ सर्पदंशका बिरामीहरु बेलका नगरपालिका का मात्रै नभई छिमेकी जिल्लाहरु भोजपुर, सुनसरी,सप्तरी र छिमेकी पालिकाबाट समेत आउन थालेको छन्।उपचारमा आउनेमा अढाई बर्षका आस्मा बिक बेलका ४का छन् भने ७८बर्षिय बृद्धासम्मको उपचार पछि निको भएको तथ्या‘क छ ।मसिना बच्चाको उपचारमा बढी जोखिम हुने भएकोले अब १०बर्ष मुनीको उपचार गर्न सुबिधासम्पन्न अस्पतालमा रेफÞर गरीने बताईएको छ ।
प्राबिधीक द्वयमा सामाजिक सेवाको भाव त छदैछ यस्का अलवा यतीसम्म सेवा गरेको कार्यको उचित मुल्या‘कन नहुदा दुबैको मन भने अमिल्लीएको बताउछन ,खाजा र खानामै आधा भन्दा बढी तलब खÞर्च हुन्छ,घरपरिवारमा के लानु? उल्टै प्रतिप्रश्न गर्छन प्राबिधीक भट्टराई। उपचार केन्द्रको व्यवस्थापन समितीको बैठकमा पटक पटक आफुहरुलाई अस्थाई करारमा नियुक्त गरि न्यूनतम खरिदार स्तरको तलव दिलाउन निवेदन गरेपनि हालसम्म सम्बन्धित निकायले कुनै सुनुवाई नगरेको बताए ।
समितीका अध्यक्ष कर्ण कुमार श्रेष्ठले नगरका मेयर दुर्गा कुमार थापा समक्ष कार्यलय सहायक र द्वय प्राबिधीकलाई उचित पारिश्रमिकको व्यवस्थापन गरिदिन समितीको बैठकबाट अनुरोध गरिसकेकोले मेयर थापाबाट अहोरात्र खट्ने कर्मचारीलाई निरास नबनाउने कुरामा आसाबादी रहेको भनाई छ । हाल कार्यालय सहयोगीलाई मासिक ५ हजार र प्राबिधी दुवैलाई गरी एकमुस्ट दुईलाख ४० हजारका दरले पारिश्रमिक नगरपालिकाबाट दिईन्दै आएको छ । दुवै प्राबिधीक नेपाली सेनाको जाँगीरबाट अबकास प्राप्त रहेका छन् ।