Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा कृषकलाई हातेट्याक्टर अनुदान

  • उपहार न्यूज
  • आइतबार, असार २१ २०७७
उदयपुरमा कृषकलाई हातेट्याक्टर अनुदान

उपहारन्यूज- उदयपुर, असार २१ ।
राज्यले कृषि पेशालाई व्यापक र आकर्षित बनाउन ल्याइएको बृहत कार्यक्रम ‘प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना इकाई उदयपुरले स्थानयि कृषकहरुलाई कृषि सामग्री उपलब्ध गराएको छ । जिल्लाका बिभिन्न सक्रिय कृषक समूहहरुलाई अनुदान स्वरुप हाते ट्याक्टर प्रदान गरिएको हो ।

राज्यले तोकेको कार्यबिधि र प्राबधान पूरा गर्ने आधादर्जन कृषि सहकारी संस्थाहरुलाई अनुदान स्वरुप पावरटिलर बितरण गरिएको कार्यालय प्रमुख रामसोगारत साहले जानकारी दिए । प्रमुख साहका अनुसार १८ एचपीको पावर टिलर बेलका नगरपालिका ५ स्थित तामाङ एकिकृत कृषि तथा पशुपञ्छी फर्मलाई १ थान र चौदण्डिगढी नगरपालिका ८ स्थित हरियाली कृषि सहकारी संस्था लिमिटेडलाई २ थान बितरण गरिएको छ ।

अदुवा बेसार उत्पादन प्रयोजनको लागि ६ एचपीको मिनी टिलर त्रियुगा नगरपालिका १४ साउनेस्थित श्रद्धा महिला कृषि सहकारी संस्था लिमिटेडलाई १ थान र रौतामाई गाउँपालिका ४ स्थित सल्लेनी महिला कृषि सहकारी संस्था लिमिटेडलाई २ थान बितरण गरिएको छ । रौतामाई गाउँपालिका ६ स्थित गगन कृषक समुहलाई १ थान र रौतामाई गाउँपालिका ५ स्थित उद्देश्य प्रेरित कृषक समूहलाई १ थान बितरण गरिएको कार्यालयले जनाएको छ ।

प्रतिगोटा ६ लाख ८० हजार रुपैयाँ मूल्य बराबर पर्ने सो कृषि सामग्री (पावर टिलर) जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियार र पूर्व सभासद् मणी खम्बुलगायतले सामूहिक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार