Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

जिल्ला अस्पताल उदयपुरलाई ४० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

  • उपहार न्यूज
  • आइतबार, असार २१ २०७७
जिल्ला अस्पताल उदयपुरलाई ४० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

उपहारन्यूज– उदयपुर, असार २१ ।
जिल्ला अस्पताल उदयपुरलाई करिब ४० लाख मूल्य बराबरको बिभिन्न स्वास्थ्य सामग्री प्राप्त भएको छ । बिरामीलाई शल्यक्रिया गर्नका लागि बेहोस् बनाउन प्रयोग हुने ३२ लाख मूल्य पर्ने मेसिन ‘एनेस्थेसीया’ लगायत १६ प्रकारका ८२ थान स्वास्थ्य सामग्री एक संस्थाबाट प्राप्त भएको हो ।

‘तीन महिनाअघि निक साईमन इन्स्टीच्युडलाई मैले आग्रह गरेको थिए’ जिल्ला समन्वय समिति उदयपुरका प्रमुख समेत रहेका जिल्ला अस्पताल विकास समितिका अध्यक्ष खड्ग परियारले भने, ‘संस्थाले हाम्रो माग सुनुवाई गरेकोमा हामी खुसी छौँ ।’ जिल्ला अस्पतालाई अत्यावश्यक सामग्रीहरु उपलब्ध भएसँगै सर्वसाधरणले स्वास्थ्य उपभोग गर्ने दायरा फराकिलो भएको उनले बताए ।

सहयोगी संस्था निक साईमन इन्स्टीच्युडका प्रतिनिधि अस्पतालसम्म पुगेर सामग्री हस्तान्तरण गरिएको थियो । जसमा एपेन्डेक्टोमी सेट १ थान, हाईड्रोलिक ओटी टेबुल १ थान, बोन निब्बलर २ थानलगायतका सामग्री रहेका छन् । त्यस्तै सिएस सेट ३ थान, सर्जिकल ड्रम, मेडिसिन ट्रली, अक्सीजन कन्सट्रेटर, हर्निया सेट, फियो स्कोपलगायतका सामग्री पनि रहेको अस्पतालले जनाएको छ ।

‘एनेस्थेसीया’ मेसिन ल्याईएसँगै अब जिल्ला अस्पतालमा अन्य केही मेजर अपरेशनहरुसमेत गर्न व्यवस्थापन पहल भईरहेको अस्पताल विकास समितिका अध्यक्ष परियारले जानकारी दिए । यसअघि शल्यक्रिया गर्नका लागि सुई हानेर बेहोस् बनाउने गरिन्थ्यो तर, मेसिन आएसँगै सुई अपरेशनको समय सुई प्रबिधि बिस्थापित गरिने समिति अध्यक्ष परियारको भनाई छ ।

त्यस्तै जिल्ला अस्पतालमै ‘माईनर’ देखि ‘मेजर’ शल्यक्रियाहरु गर्ने व्यवस्थापनका लागि आफू लागी परेको समितिले जनाएको छ । पछिल्लो पटक स्तरोन्नतीसँगै जम्मा १० जना बिभिन्न रोगसम्बन्धी विशेषज्ञहरुको दरबन्दी रहेको जिल्ला अस्पताल उदयपुरमा हाल २ जना मात्र विशेषज्ञ रहेका छन् । चाँडै शल्यक्रियासम्बन्धी विशेषज्ञ ल्याएर साना ठूला सबै अपरेशनहरु गर्ने तयारी भइरहेको अस्पताल विकास समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार