Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरमा प्रथम महिला भेला हुने

  • उपहार न्यूज
  • शनिबार, जेष्ठ ११ २०७६
उदयपुरमा प्रथम महिला भेला हुने

उदयपुर, जेठ ११ ।  श्रम पहिचानमा महिलाको अधिकार, गणतन्त्र नेपालको मुल आधार भन्ने नाराका साथ आगामी जेष्ठ १२ र १३ गते उदयपुरमा प्रथम महिला जिल्ला भेला आयोजना हुने भएको छ । उदयपुरको ईतिहासमै पहिलो पटक सो कार्यक्रमको आयोजना हुन लागेको हो । जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रम मुल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राईले कार्यक्रमको विषयमा जानकारी गराउनु भएको हो । कार्यक्रममा स्थानिय तहका महिलाहरुको संबैधानिक हक अधिकारको उपभोग साथै महिलाको आर्थिक, सामाजिक तथा राजनैतिक अधिकारहरुलाई स्थापित गर्न र संस्थागतका लागि छलफल गरिने बताईएको छ ।

सरकारबाट जारी भएका निति, कार्यक्रम तथा योजनाहरुमा महिलामैत्री योजना तथा रणनिति निर्माण गरि लैंगिक समानता सुनिश्चितताका लागि आधार तय गर्नु जरुरी रहेकोले पनि सो कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा महिलाको श्रम र पहिचानको अधिकार, न्याय सम्पादन प्रकृयामा न्यायिक समितिको भुमिका लगायत अन्य विषयमा छलफल गरिने कार्यक्रम संयोजक तथा जिल्ला समन्वय समितिका उपप्रमुख राईले जानकारी दिनुभयो ।

महिला तथा बालबालिका जेष्ठ जागरिक माननिय मन्त्री थममाया थापाको प्रमुख अतित्यथामा हुने दुई दिने महिला भेला कार्यक्रममा जिल्लाका ८ वटै स्थानिय तहका निर्वाचित महिला जनप्रतिनिधि, जिल्लामा अभियानरत सबै क्षेत्रका महिला प्रतिनिधिहरुको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।

Last updated:2019 May 25 Saturday 03:53:18

प्रतिक्रिया
सम्बन्धित समाचार