उदयपुर, जेठ ११ । जिल्लामा जीविकापर्जन तथा सामाजिक सुरक्षा परियोजना अन्र्तगत काम गर्दै आएको वाल विकास समाज नेपालको कार्यक्रम अवधी सकिएकोे छ । वाल विकास समाज नेपाल उदयपुर र सेभ द चिल्डे«नको साझेदारीमा जीविकापर्जन तथा सामाजिक सुरक्षा परियोजना जुलाई २०१४ देखि उदयपुरमा सञ्चालन हुदै आएको थियो । परियोजना अन्तर्गत पहिलो वर्ष पाँच वटा साविकको गाविसहरु भलायडाँडा, पञ्चावती, बर्रे , डुर्मे र जाल्पा चिलाउनेमा , द्रोस्रो वर्ष ठानागाँउ, नामेटार, ताम्लिछा, बराह, र तेस्रो वर्ष थप तिन गाविसहरु सिरिसे, सोरुङ छबिसे र लेखानी गरी जम्मा १३ वटा साविक गाविसहरुमा कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।
विपन्न परिवारको आयआर्जन तथा खाद्य सुरक्षामा बृद्धि गरी बालबालिकाको लागी शिक्षा, स्वास्थ्य र पोषण जस्ता क्षेत्रमा लगानि बृद्धि गर्ने लक्ष्य लिएको परियोजनामा तीन हजार दुई सय १० विपन्न घरपरिवारको वार्षिक आम्दानी न्युनतम ७२ हजारसम्म पु¥याउने उद्देश्य रहेको थियो । परियोजनामा व्यवसायिक सीप विकास तालिम, कृषि उत्पादन, सामाजिक सुरक्षा कार्यक्रमको पहुच वृद्धि तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेकाले कृषकहरुको सामाजिक प्रतिष्ठा वढेको र आर्थिक रुपले कृषक सवल वनेका र प्रति परिवार दुई लाख १८ हजार आम्दानी हुने अवस्थासम्म पुगेको बताइएको छ । साथै वाल कुपोषण न्युनिकरणमा ८ सय ३० जनालाई लक्षित गरिएकोमा १३ जना सो सेवाबाट बञ्चित भएको उल्लेख गरिएको छ ।