उपाहार न्यूज
हडिया असार १३
सार्वजनिक जग्गाको संरक्षण गर्नु स्थानिय जनप्रतिनिधिको कर्तव्य हो, तर उदयपुरको चौदण्डिगढि नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार खड्कालाई भने सार्वजनिक जग्गाको संरक्षण गर्दा नगरपालिकाको न्यायीक समितिमा मुद्धा दर्ता भएको छ ।
चौदण्डिगढि नगरपालिका वडा नम्बर १० को वडा कार्यलय संगै रहेको खाली सरकारी जग्गाको सदुपयोग गर्न वडाले शहरी विकास भवन डिभिजन राजविराज सप्तरी बाट पाँच लाख र नगरपालिकाको वातवरण विकस समितिबाट पाँच लाख गरी दश लाख रुपैयाको बाल उद्यान निर्माणको काम सुरु गरेको थियो । वाल उद्यान निर्माण सुरु गरे संगै स्थानियले वाल उद्यान भएको क्षेत्रको जग्गा मिचेर सडक विस्तार गर्न माग राख्दै आएका थिए ।
उक्त जग्गामा सडक विस्तार हुन नसक्ने भने पछि वडाध्यक्ष विरुद्ध स्थानिय गोमा कटुवाल राउतले पूर्वाग्राहि ढंगले व्यक्तिगत स्वार्थ पुरा नहुने भए पछि पूर्वाग्रहि हिसाबले मुद्धा दर्ता गरेको वडाध्यक्ष खड्काले बताउनु भयो ।
गाईघाट फत्तेपुर सडक खण्डमा केहि बर्ष अघि एसएनआरटिपि परियोजना मार्फत सो स्थानमा १० मिटरको सडक बनाउने प्राविधिक स्टमेट रहे बमोेजिम हाल वाल उद्यान निर्माण स्थलको उत्तर पट्टिको सडक छेउमा परियोजनाले नाली निर्माण गरेको छ ।
परियोजनाले नाली निर्माण गरेको स्थानबाट दश मिटर सडक छोडेर वडाले वाल उद्यान निर्माण गर्न सुरु गरे पछि स्थानिय गोमा कटुवाल राउत सहितले सडक चौडाई बढाउनका लागि दाबी गर्दै आएका थिए । तर सो स्थानमा सडक चौडा गर्दा सरकारी जग्गाको सदुपयोग भन्दा अन्य स्थानको तुलनामा सडक विस्तार नमिल्ने भन्दै स्थानिय सहितको साझा सहमतीमा असार ३ गते सडक १३ मिटर बनाउने गरी बाल उद्यान निर्माणको काम सुरु भएको थियो । यता असार ३ गते बाल उद्यान निर्माण गर्दा सडकको भाग १० मिटरबाट १३ मिटर छाडेर बनाउने सहमती भए पनि असार ५ गते स्थानिय गोमा कटुवाल राउत सहितका केहि व्यक्तिले वडा कार्यालयमानै आएर वडाध्यक्ष माथि गाली गलौज मानहानी हुने किसिमको अपशब्द प्रयोग गरेको स्थानिय एक प्रत्यक्षदर्शीले बताए । 
वडाध्यक्ष माथि हातपातको आरोपमा न्यायीक समितिमा मुद्धा दर्ता गराउने स्थानिय महिला गोमा कटुवाल राउतको घर अगाडि सडक नालीमा राउत परिवारले नालीनै अबरुद्ध हुने गरी थुपारेको ढुंगा
सार्वजनिक सम्पतीको संरक्षण गर्नु जनप्रतिनिधिको दायीत्व हो, उहाँहरुले सडक चौडाई गर्नु पर्छ भन्दै निवेदन लिएर आउनु भयो दुई दिन अघि मात्र सडक चौडा गर्ने साझा सहमती भएको थियो, मैले यो मेरो अधिकार भित्र पर्दैन संबन्धित स्थानमा जानुहोस भने पछि स्थानिय महिला गोमा कटुवाल म माथि खनिनु भयो, उहाँले म माथि अपशब्दहरु प्रयोग गर्न थाल्नु भयो मैले उहाँलाई यहाँबाट जानुहोस भनेर भनेको हु तर मै माथि न्यायीक समितिमा हातपात गरेको मुद्धा हाल्नु भएछ वडाध्यक्ष खड्काले उपहार संग भने ।
वडाध्यक्ष खड्काले भने केहि सामाजिक संजालहरुमा मेरो बदनामी हुने गरी तस्बीर र समाचार सार्वजनिक भए त्यस प्रति मेरो आपत्ती छ । वाल उद्यान निर्माण भएको स्थानबाट उत्तरपट्टी उहाँको घर छ आफ्नो व्यक्तिगत स्वार्थको लागि सार्वजनिक सम्पत्तीमा त्यसरी जग्गा मिच्ने काम उहाँहरुले गर्न खोज्नु भएको हो अध्यक्ष खड्काले भन्नु भयो ।
उपाहार न्यूज सहितको संचारकर्मीको समुह शनिवार (असार १३) गते वाल उद्यान स्थालमा स्थलगत अनुगमनको लागि पूगदा उत्तरपट्टि रहेका गोमा कटुवाल राउतको घर अगाडिको नालीमा राउतकै घरको प्रयोजनको लागि लागि नालीमा पानी बग्न समेत प्रभावित हुने गरी ढुंगाा थुपारिएको समेत पाईएको छ ।