Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा आज थपिए आधादर्जन बढी कोरोना संक्रमित

  • उपहार न्यूज
  • शनिबार, असार १३ २०७७
उदयपुरमा आज थपिए आधादर्जन बढी कोरोना संक्रमित

देबराज राई– उदयपुर, असार १३ ।
पछिल्लो जाँच रिपोर्ट अनुसार उदयपुरमा ७ जना कोरोना संक्रमित थपिएका छन् । छिमेकी मुलुक भारत र बिभिन्न खाँडीमुलूकबाट फर्किएका ३ महिला र ४ पुरुषमा कोभिड १९ को नतिजा पोजिटिभ देखिएको हो ।

संक्रमण देखिनेहरु तीन महिला ३०, ३० र ५३ वर्ष उमेर समूहका छन् । त्यसैगरी संक्रमित पुरुषहरु क्रमश ३५, २६, ३० र २३ वर्ष उमेरका छन् । उदयपुरको त्रियुगा नगरपालिका ६ की ३० वर्षीया महिला असार ९ गते कुवेतबाट आएकी थिईन् । त्यस्तै अर्की ३० र ५३ वर्षीया महिला भारतबाट आएका हुन् । ३० वर्षीया भने जेठ ३२ गते र त्रिनपा १० र्की ५३ वर्षीया महिला पनि भारतबाटै आएका हुन् ।

त्यसैगरी पुरुषहरुमा उदयपुरकै त्रिनपा ६ का ३५ वर्षीय पुरुष भारतबाट असार ९ गते आएका थिए । २६ वर्षीय अर्का पुरुष पनि भारतबाटै असार ५ गते आएका हुन् । उनी त्रिनपा १० का स्थानीय हुन् । रिपोर्ट अनुसार अर्का ३० वर्षीय पुरुष भने कुवेतबाट आएका हुन् । त्रिनपा २ स्थायी घर भएका उनी असार ९ गते आएका हुन् । त्रिनपा ८ का २३ वर्षीय पुरुष असार ९ गते आएका हुन् ।

भर्खरै संक्रमण देखिएका उनीहरुलाई नेपाल आउने बित्तिकै स्थानीय सरकारको पहलमा क्वारेन्टाईन्मा राखिएको थियो । त्रियुगा नगरपालिकाले त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको समन्वयमा निर्मित क्वारेन्टाईन्मा रहेका उनीहरुको केहीदिनअघि मात्र स्वाब नमूना संकलन गरी जाँचको लागि पठाइएको थियो । संक्रमितहरुमध्ये भारतबाट आएकाहरु नेपाल भारत सीमा क्षेत्रबाट उद्दार गरी ल्याइएका हुन् भने खाँडी मुलूकबाट काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हुदै आएकाहरुलाई सीधै क्वारेन्टाईनमा ल्याइएको थियो । उनीहरुलाई आइसुलेशनका लागि १ नम्बर प्रदेश राजधानी बिराटनगरतर्फ पठाउने तयारी भईरहेको बताइएको छ ।

Last updated:2020 Jun 27 Saturday 13:12:38

प्रतिक्रिया
सम्बन्धित समाचार