Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

लिम्चुङबासीको लागि खुसीको खबर बर्षौ देखि खानेपानी हाहाकार, अब पुरा हुने भयो साकार

  • उपहार न्यूज
  • शनिबार, जेष्ठ ३१ २०७७
लिम्चुङबासीको लागि खुसीको खबर  बर्षौ देखि खानेपानी हाहाकार, अब पुरा हुने  भयो साकार

विश्वराज तामाङ
उदयपुर जेठ ३१
विकास र समृद्धिका लागि सपना ठूलै देख्नु पर्छ सपना, सोच र संकल्पमा जब दृढ आत्माविश्वासका साथ अघि बढिन्छ त्यसले कुनै न कुनै दिन सार्थकता पाउछ । स्थानिय नागरिकको जीवनस्तर माथि उकास्नको लागि यहि सोच र संकल्पका साथ अविचलित योद्धाको रुपमा अघि बढि रहेका जनप्रतिनिधि लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईको विशेष पहल र संघीय सांसद सुरेश कुमार राई (हिमाल) को सहयोगमा उक्त सपना योजनामा यतिवेला सार्थक सिद्ध हुने निश्चत भएको छ । लिफ्ट प्रविधिको प्रयोग द्वारा सुनकोसी खानेपानी आयोजनाका परिकल्पनाकार र योजनाकार पालिका प्रमुख मेजर कुमार राईका अनुसार सुख्खा क्षेत्र गाउँपालिकाको लागि दुई अर्बको खानेपानी आयोजना यतिवेला सरकारको निति तथा कार्यक्रममा समावेश भए पछि अध्यक्ष मेजरकुमार राई र संघीय सांसद सुरेश कुमार राईलाई यतिवेला स्थानिय नागरिकहरुले चौतर्फि धन्यवाद दिदै खुसी व्यक्त गरेका छन् । सुख्खा क्षेत्रको रुपमा परिचित उदयपुरको अति विकट मानिने लिम्चुङबुङ गाउँपालिका स्थानिय नागरिकले बर्षौ देखि झेल्दै आउनु परेको खानेपानीको समस्या अब भने पुरा हुने आशा जागेको छ । सरकारको निति तथा कार्यक्रममा यसै वर्ष शुरु हुने गरी सुनकोसी खानेपानी आयोजना निर्माणको लागि खानेपानी मन्त्रालयले ९ करोड रुपैया बजेट विनियोजन गरे संगै लिम्चुङबुङबासीमा यतिवेला आशाको दियो जागेको छ । साविकको बास्बोटे, बाराह, ताम्लिछा, बलम्ता र जाते गरी पाँच गाविस एकिकृत गरेर गठन भएको गाउँपालिका नागरिकले विगत देखि खानेपानीको समस्या भोग्दै आएका थिए । देशमा विभिन्न समयमा शासन व्यवस्थाहरु परिवर्तन भए पनि नागरिकको प्रमुख समस्याको रुपमा रहेको खानेपानीका लागि सहि पहल कदमी हुन नसक्दा लिम्चुङबुङका जनताले खानेपानीको समस्या भोग्दै आएका थिए । लिम्चुङबुङ गाउँपालिकाले २०७४ फागुन २५ गते गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा संगै खानेपानी तथा सरसफाई मन्त्रालयमा सुख्खा क्षेत्र खानेपानी आयोजना माग गर्ने गरी निर्णय गरेको थियो ।

स्थानिय नागरिकको पहिलो प्राथमिक्ताको रुपमा रहेको खानेपानी गाउँपालिकाले मन्त्रालयमा सुख्खा क्षेत्र खानेपानी माग गरे संग खानेपानीको लागि विस्तृत सर्भे भए संगै आगामी बर्ष देखि सुरु हुने गरी खानेपानी आयोजना सरकारको बजेट तथा कार्यक्रममा समावेश भएको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताउनु भयो । खानेपानी आयोजना समावेश गर्नका लागि गाउँपालिकाको निर्णय संगै विशेष भुमिका पु¥याउदै आएका पालिका अध्यक्ष मेजर कुमार राईले सामाजिक संजाल मार्फत गाउँपालिकाबासीमा खुसी व्यक्त गर्नु भयो । सुनकोसी नदिबाट लिफ्ट प्रविधिबाट सुरु गरिने खानेपानी गाउँपालिकाको सबै क्षेत्रमा पु¥याउने योजना रहेको छ । सरकारको बजेट तथा कार्यक्रममा समावेश भए पछि अध्यक्ष राईले खुसी व्यक्त गर्दै प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद सरेशकुमार राई, खानेपानी तथा सरसफाई मन्त्री विना मगरलाई विशेष धन्यवाद दिनु भयो ।

अध्यक्षराईले उपाहार न्यूज संग कुरा गर्दै भन्नु भयो माननिय सुरेशकुमार राईको साथ र सहयोग अतुलनिय छ, खानेपानी मन्त्री विना मगर प्रति आभारी छु ।

उपाहार न्यूज संग कुरा गर्दै अध्यक्ष राईले भन्नु भयो तत्कालिन उदयपुर खानेपानी सरसफाई डिभिजन कार्यालयमका डिभिजन प्रमुख ईन्जिनियर रामकुमार श्रेष्ठको समेत सहयोगलाई स्मरण गरेको छु । बहुबर्षिय योजना अन्तर्गत गाउँपालिकाको १ प्रतिशत नगद र ९ प्रतिशत जनश्रमदान सहित १० प्रतिशत सहभागीता सहित दुई अर्बको योजनाका लागि आगामी आर्थिक बर्षमा ९ करोड रुपैयाको बिनियोजन भई आयोजनाको काम अघि बढ्ने अध्यक्ष राईले बताउनु भयो । स्थानिय जनप्रतिनिधि निर्वाचित भए पश्चात सडक संजालले नजोडिएको लिम्चुङबुङ सडक संजालले जोडिएको छ, अब खानेपानी आयोजना सुरु हुने भयो ताम्लिछाका स्थानिय नरेन्द्र राईले खुसी हुदै भने । सडक, खानेपानी, विजुली लगायतका समस्याका कारण लिम्चुङबुङका स्थानियहरु गाँउ छाडेर शहर तर्फ बसाई सर्ने क्रम बढ्दै जाँदा स्थानिय तहको पहलमा भएका विकासले लिम्चुङबासीलाई गाउँ फर्काउनेमा जनप्रतिनिधिहरु ढुक्क छन् ।

Last updated:2020 Jun 13 Saturday 13:36:18

प्रतिक्रिया
सम्बन्धित समाचार