Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

कांग्रेसको लोकप्रिय काम, वडाका जनतालाई ७० क्विन्टल चामल

  • उपहार न्यूज
  • सोमबार, जेष्ठ २६ २०७७
कांग्रेसको लोकप्रिय काम, वडाका जनतालाई ७० क्विन्टल चामल

उपाहार न्यूज
उदयपुर जेठ २६
नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नम्बर ८ ले स्थानिय वडामा ठूलो परिमाणमा रहात सहयोग गरेको छ । नेपाली कांग्रेसले गठन गरेको राहात संकलन समितिले ७० क्विन्टल चामल र नुन वडा कार्यालयलाई सोमबार विहान एक कार्यक्रमका विच हस्ताणतरन गरेको छ ।
नेपाली कांग्रेस राहत संकलन समितिले वडा भित्रका नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुक माझ संकलन गरेको राहात वडा भित्रका विपन्न नागरिकहरुका लागि वितरण गर्ने उद्देश्यका साथ हस्ताणतरन गरेको हो । सोमबार एक कार्यक्रमका विच नेपाली कांग्रेस त्रियुगा नगर सभापती सरोजकुमार बस्नेत, तथा नेपाली कांग्रेस वडा स्तरीय राहात संकलन समितिका संयोजक तथा वडा सह सभापती गोविन्द प्रसाद फुयल लगायतले वडाध्यक्ष कमल बहादुर राउतलाई राहात हस्ताणतरन गरेको हो ।

कांग्रेसले वडा भित्रका सात सय परिवारको लागि प्रति दश केजी चामल र नुन सहितको प्याकेज सहयोग गरेको नेपाली कांग्रेस वडा नम्बर ८ का वडा सचिव लिल बहादुर बस्नेतले जानकारी दिए ।
कांग्रेस वडाका सह सभापती गोविन्द प्रसाद फुयलको संयोजकत्वमा १३ सदस्यीय राहात संकलन समिति गठन गरेर वडामा राहात वितरण गरेको हो । त्रियुगा नगरपालिका वडा नम्बर ८ ले यस अघि पहिलो चरणमा ५४१ परिवारलाई र दोस्रो चरणमा ७२१ परिवारलाई १० केजी चामल, १ केजी नुन, १ केजी दाल र १ पोका तेल हस्ताणतरन गरी सकेको वडाध्यक्ष कमल राउतले जानकारी दिए ।
वडालाई हाल सम्म नेपाली कांग्रेस वडा समिति, स्थानिय बागेश्वर सामुदायीक वन उपभोक्ता समिति, फुलवारी टोल विकास संस्था लगायतबाट वडाको राहात कोषमा सहयोग प्राप्त भएको जनाएको छ ।

Last updated:2020 Jun 08 Monday 06:18:45

प्रतिक्रिया
सम्बन्धित समाचार