विश्वराज तामाङ
उदयपुर जेठ २३
उदयपुर प्रतिनिधि सभा १ सांसद डा. नारायण खड्काले गर्नु भएको विकासको पहलले थप सफलता प्राप्त गरेको छ । लामो समय देखि स्थानियले माग राख्दै आएको त्रियुगा नदिको हडिया–देवधार जोड्ने पुल अन्तत निर्माण हुने पक्का भएको छ । कांग्रेस केन्द्रिय सदस्य समेत रहुन भएका डा. नारायण खड्काले तत्कालिन समयमा शहरी विकास मन्त्री हुदाँ हडिया देवधार पुल निर्माणको लागि पहल सुरु गर्नु भएको थियो ।
पुल निर्माणको लागि ३० करोड लागत हुने गरीआर्थिक बर्ष २०७२/०७३ मा सर्भे डिजाईन भएको थियो पुल निर्माणका लागि सर्भे डिजाईन भए संगै सडक विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुल निर्माणको लागि काम अघि बढाउनका लागि आवश्यक कागजात पेश गरेको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक बर्षमानै पुल निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाउने भने पनि कोरोना कहरका कारण चालु आर्थिक बर्षमा पुल निर्माण अघि बढ्न नसकेको उपाहार न्यूज संग कुरा गर्दै प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले बताउनु भयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्राथमिक्तामा राखे संगै चालु आर्थिक बर्षबाटै काम सुरु गर्नका लागि अर्थमन्त्री संग रकम सुनिश्चिताको लागि प्रक्रिया अघि बढे पनि कोरोना कहरका कारण काम अघि बढ्न सकेको थिएन । यता सरकारले आगामी आर्थिक बर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत संचालन हुने योजनाका लागि छुट्याएको रकमबाट मन्त्रालयले देवधार हडिया जोड्ने पुल रातो कितावमा समावेश भएको हो । पुलले पूर्व पश्चिम वैकल्पीक मार्गको रुपमा रहेको मदन भण्डारी मार्ग र गाईघाट फत्तेपुर सडक खण्डलाई समेत जोड्दा हजारौ नागरिकले यसबाट लाभ उठाउन सक्ने छन् । पुल चौदण्डिगढि नगरपालिका १० देवधार र चौदण्डिगढि नगरपालिका १० कै हडिया देवन टोल हुदै वडा कार्यालय सडक जोडिने गरी निर्माण हुनेछ ।
क्रमागत योजना अन्तर्गत निर्माण हुने ४८० मिटर लम्वाई तथा ४.२ मिटर चौडाई हुने गरी आगामी आर्थिक बर्षबाट पुल निर्माणको लागि मन्त्रालयको रातो किताबमा टेण्डर प्रक्रिया अघि बढाउनका लागि १३ लाख ८० हजार बजेट विनियोजन भएको छ ।
पुल निर्माण पश्चात चौदण्डिगढि नगरपालिका वडा नम्बर १० को केन्द्र हडिया जान र हडियाका स्थानिय नागरिकलाई सदरमुकाम गाईघाट, बेल्टार लगायतका स्थान आवतजातमा सहजता हुने हडियाका स्थानिय नागरिक पर्वत दाहालले बताउनु भयो ।
सरकारले हडिया देवधार पुल निर्माणको लागि रातो कितावमा समावेश गरे संगै जिल्लाबासी माझ आफुले गरेको पहलले सार्थकता पाएकोमा प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले खुसी व्यक्त गर्नु भयो ।



