Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

मिरमिर्रे युवा क्लबद्धारा चौदण्डिगढि नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्ताणतरन

  • उपहार न्यूज
  • बुधबार, जेष्ठ २१ २०७७
मिरमिर्रे युवा क्लबद्धारा चौदण्डिगढि नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्ताणतरन

उपाहार न्यूज
उदयपुर जेठ २०
सामाजिक क्षेत्रमा सक्रिय काठमाण्डौ सिनामंगल स्थित मिरमिर्रे युवा समाजले उदयपुरको चौदण्डिगढि नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । मंगलबार एक कार्यक्रमका विच चौदण्ढिगण् िनगरपालिकामा मिरमिर्रे युवा समाजका अध्यक्ष दिनेशविक्रम शाहले चौदण्डिगढि नगरपालिका प्रमुख खगेन्द्रकुमार राईलाई सामाग्री हस्ताणतरन गर्नु भएको हो ।
युवा समाजले नगरपालिकाको लागि पिपिई ४० थान, माक्स चार हजार थान, ग्लोब्स चार हजार थान, सेनिटाईजर ४५ लिटर, ह्याण्ड वास ६० लिटर हस्ताणतरन गरेको हो । मिरमिर्रे युवा समाजले देश विभिन्न स्थानमा समेत यस किसिमको सहयोग गर्दै आएको र कोरोना भाईरसको उच्च जोखिममा रहेको उदयपुरको लागि स्वास्थ्य सामाग्री लिएर सहयोग गरेको अध्यक्ष शाहले जानकारी दिनु भयो ।
यस अघि दैलेख जिल्लामा पनि स्वास्थ्य सामाग्री हस्तणतरन गरिएको उहाँले बताउनु भयो, स्वास्थ्य सामाग्री ग्रहण गर्दै चौदण्डिगढि नगरपालिकाका नगर प्रमुख खगेन्द्रकुमार राईले कोभिड १९ को संक्रमण फैलन नदिनको लागि अग्र भागमा रहेकार काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मीको लागि यस किमिसमको सामाग्री अति आवश्यक समयमा उपलब्ध गराएको प्रति धन्यवाद ज्ञापन गर्नु भयो । स्वास्थ्य सामाग्री हस्ताणतरन कार्यक्रममा नगर उपप्रमुख रिताकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शिव हुमागाई, चौदण्डिगढि नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष तथा प्रवक्ता रामकुमार खड्का, जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको उपसितथी रहेको थियो ।

Last updated:2020 Jun 03 Wednesday 04:30:12

प्रतिक्रिया
सम्बन्धित समाचार