उपाहार न्यूज
उदयपुर जेठ १९
उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद तथा नेकपा प्रदेश नम्बर १ का सचिव सुरेसकुमार राई उदयपुर आईपुग्नु भएको छ । प्रतिनिधि सभा सदस्य राईले कोरोना भाईरसको जोखिममलाई न्युनिकरण गर्न जिल्लामा अग्रभागमा रहेर काम गरिरहेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचालकर्मीलाई सामाग्री हस्ताणतरन गर्नु भएको छ ।
राईले गुणस्तरयुक्त स्वास्थ्य सामाग्री पिपिइ सेट ३०० थान तथा माक्स लगायतका स्वास्थ्य सामाग्री हस्ताणतरन गर्नु भएको हो ।
जिल्लाको सबै स्थानिय तहमा पुगेर स्थानिय तहका प्रतिनिधि, जिल्ला अस्पताल उदयपुर, जिल्ला प्रशासन कार्यालय उदयपुर, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी गण र नेपाल पत्रकार महासंघ उदयपुरलाई सांसद राई स्वास्थ्य सामाग्री हस्ताणतरन गर्नु भएको हो ।
जिल्लाबासी नागरिकहरुलाई राजधानी लगायत विभिन्न स्थानमा परेको समस्यालाई समेत आफुले विभिन्न माध्यमबाट सहजीकरण गरिरहेको सांसद राईले उपाहार न्यूज संग बताउनु भयो । कोरोना भाईरसको कारण मुलुक विषयम परिस्तिथीमा गुज्रीएकाले सबै पक्ष एकजुट भएर सुरक्षा र सतकर्ता अपनाउनु पर्ने सांसद राईले बताउनु भयो ।