Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरका जनता खुसी हुने के काम गरे यी दुई सांसदले

  • उपहार न्यूज
  • शुक्रबार, जेष्ठ १६ २०७७
उदयपुरका जनता खुसी हुने के काम गरे यी दुई सांसदले

विश्वराज तामाङ
उदयपुर जेठ १६
सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक गरेको छ । बिहिबार अर्थ मन्त्री डा. युवराज खतिवडाले आगामी बर्षको बजेट सार्वजनिक गर्नु भएको हो ।
सरकारले आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दै गर्दा उदयपुरका दुई महत्वपूर्ण योजना समावेश भए पछि जिल्लाबासी खुसी भएका छन् । उदयपुरबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने क्षेत्र नम्बर १ का सांसद डा. नारायण खड्काको बिशेष पहलमा त्रियुगा नदिमा तटबन्ध तथा क्षेत्र नम्बर २ का सांसद शुरेसकुमार राई हिमालको पहलमा मिर्चैया कटारी घुर्मी सडक निर्माण अघि बढाउनका लागि बजेटमा समावेश भए पछि जिल्लाबासीमा खुसी भएका हुन् ।

त्रियुगा नदिका कारण बर्षेनी खेतीयोग्य जमिन कटान गर्दै आएको छ

उदयपुरको क्षेत्र नम्बर १ का त्रियुगा, चौदण्डि र वेलका नगरपालिका क्षेत्रलाई बर्षौ देखि त्रियुगा नदिमा बर्सेनी आउने बाढिका कारण जग्गा कटान तथा पुरानका समस्या स्थानिय नागरिकले खेप्दै आएका थिए ।
उदयपुरकै दुःखको रुपमा रहने त्रियुगा नदिले बर्षेनी जनधनको क्षती गर्ने भए पछि स्थानिय नागरिकहरु हैरान भएका थिए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व शहरी विकास मन्त्री समेत रहनु भएका डा. खड्काले शहरी विकास मन्त्री हुदा देखिनै त्रियुगा नदि नियन्त्रणको लागि पहल सुरु गर्नु भएको थियो ।
त्रियुगा नदि नियन्त्रणको लागि डा. खड्काले तत्कालिन सिचाई मन्त्री एन पी साउदको कार्यकालमा पहल सुरु गर्नु भएको थियो । श्रोत सुनिश्चितताको लागि सिचाई मन्त्री दीपक गिरि हुदै संजय गौतमको पालामा यसले मूर्त रूप लिएको थियो । यता जल उत्पन्न प्रकोप नियंत्रण कार्यालय जनकपुर बाट लहान र त्रियुगा नदी नियंत्रण लाई छुट्टै इकाई बनाउन प्रयास भएकोमा त्रियुगा र खाड़ो नदी आयोजना एउटै कार्यालय बनेर गत आ.ब देखी बर्षमान पुन लाई प्रचण्ड निवाशमा डा. नारायण खड़काले भेटेर बहुबर्षिय योजनाको रुपमा बजेट बिनियोजन गर्न अनुरोध गरी काम सुरु गरिएको थियो । यता बैशाख २६ गते राष्ट्रपती विद्यादेवी भण्डारी संग विशेष पहल गरेर त्रियुगा नदि नियन्त्रणको कार्यक्रमलाई सरकारको निति तथा कार्यक्रममा समावेश गर्दै बजेट समेत त्रियुगा नदि तटबन्ध निर्माणको आयोजना समावेश भएको हो ।
त्रियुगा नदिमा तटबन्ध निर्माण भए त्रियुगा नदिका कारण बगरमा परिणत भएका जिल्लाबासीको हजारौ हेक्टर जमिन जोगिने भए पछि स्थानिय नागरिकहरु खुसी भएका छन् । विकासप्रेमी नेताको छवि बनाएका डा. खड्काको यो पहलले त्रियुगा शिर देखि तिर सम्म तटबन्ध निर्माण हुदाँ त्रियुगाको कारण प्रभावित नागरिकहरुका लागि ठूलो उपलब्धी हुने स्थानिय नागरिक भास्कर चौधरी बताउछन् ।
डा. खड्काले त्रियुगा नदि संगै सगरमाथा विमानस्थल, विभिन्न क्षेत्रमा पक्की तथा झोलुंगे पुल, विद्यालय भवन, एम्बुलेन्स तथा स्थानिय सडक निर्माणको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकायमा पहल गर्दै आउनु भएको छ ।

सिद्धिचरण सडक खण्डमा पर्ने कटारी नगरपालिका ११ ठाटीमा बर्षातको समयमा पहिरो जादाँ हुने सडक अबरुद्ध

उता उदयपुरको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सिद्धिचरण राजमार्गको निर्माण कार्य समेत बजेटमा समावेश भएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद शुरेसकुमार राईको बिशेष पहलमा मिर्चैया कटारी घुर्मी सडक सरकारको बजेटमा समावेश भएको हो ।
जिल्लाको प्रमुख व्यापारिक नाका कटारी हुदै खोटाङ, ओखलढुंगा, सोलुखुम्बको नाकाको रुपमा रहेको सिद्धिचरण राजमार्ग बर्षौ देखि जिर्ण हुदाँ सरकारको बजेटमा समावेश हुन सकेको थिएन । मिर्चैया कटारी हुदै दैनिक हजारौको संख्यामा त्यस क्षेत्रबाट यातायात संचालन हुने भए पनि बर्षातको समयमा पहिरोका कारण महिनौ दिन सम्म सडक अबरुद्ध हुने समस्या त्यस क्षेत्रका यात्रुहरुले झेल्दै आउनु परेको थियो ।
मिर्चैया कटारी घुर्मी ७२ किलोमिटर लामो सकड कटारी नगरपालिका ११ ठाटी भञ्ज्याङमा बर्षेनी पहिरो खसेर सडक अबरुद्ध हुदाँ यातायात आवगमनमा समस्या हुदै आएको थियो । सिद्धिचरण सडक खण्डका सडक साघुरो हुदाँ बर्षेनी सवारी दुर्घटना लगायत ज्यानको जोखिम बोकेर नागरिकहरुले यात्रा गर्नु पर्ने समस्यालाई विगतमा स्थानिय व्यवसायी, राजनैतिक दल र स्थानिय जनप्रतिनिधिहरुले सडक निर्माणको लागि सरकार संग माग गर्दै आएका थिए ।
प्रतिनिधि सभा सदस्य सुरेशकुमार राईकोका विशेष पहलमा सरकारको बजेटमा सडक निर्माण हुने भए पछि जिल्लाको पश्चिमी क्षेत्रका स्थानिय व्ययवसायी, नागरिकहरु खुसी भएका छन् । सरकारको निति तथा कार्यक्रम संगै बजेटमा समेत सिद्धिचरण सडक निर्माणको लागि बजेटमा समावेश भए पछि उपहार न्यूज संग कुरा गर्दै सांसद राईले खुसी व्यक्त गर्नु भयो ।
उहाँले सरकारको बजेटमा समावेश हुनका लागि आफ्नो मुख्य पहलकदमी भए संगै पूर्व संबिधान सभा सदस्य नारायण बहादुर कार्कीले पनि विगतमा सडकको बिषयमा पहल गर्नु भएको स्मरण गर्नु भयो । उहाँले प्रतिनिधि सभा सदस्य लक्ष्मी परियार, कटारी नगरपालिकाका जनप्रतिनिधि, सो क्षेत्रका राजनैतिक दल, स्थानिय व्यवसायीको समेत निरन्तरको खबरदारीले गर्दा बजेटमा समावेश गर्न सहज भएको बताउनु भयो ।
यता स्थानिय व्यवसायीहरु पनि बजेटमा मिर्चैया कटारी घुर्मी सडक समावेश भए पछि खुसी भएका छन्, विगत लामो समय देखि आफुहरुले उठाउदै आएको माग बजेटमा समावेश भएको प्रति कटारीका स्थानिय व्यवसायी तथा उदयपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव प्रयास कार्कीले खुसी व्यक्त गर्नु भयो ।
व्यवसायी कार्कीले सडक निर्माण सम्पन्न भए कटारी हुदै खोटाङको हलेसी सम्म आउने विदेशी तथा स्वदेशी पर्यटकको लागि यात्रा सहज हुने बताउनु भयो । उदयपुर मात्रै नभएर छिमिकी जिल्ला खोटाङ, ओखलढुंगा, सोलुखुम्बु लगायतका जिल्लाका नागरिकलाई समेत सहज हुने उहाँले बताउनु भयो ।
सडक निर्माण भए कटारीका होटल व्यवसायीहरुलाई त्यसको प्रत्यक्ष लाभ उठाउन सक्ने र स्थानियको आर्थिक स्थिती समेत सुध्रन व्यवसायी कार्कीको ठहर छ । सिद्धिचरण सडक स्तरउन्नतीको लागि विगतमा उद्योग वाणिज्य संघले विभिन्न समयमा सर्वपक्षिण् भेला तथा डेलिगेशन गर्दै आएको बताउन भयो । उहाँले आगामी आर्थिक बर्षको लागि सरकारको बजेटमा कार्यक्रम समावेश भएकोमा प्रतिनिधि सभा सदस्य सुरेशकुमार राई प्रति स्थानिय नागरिकहरुले
आभार प्रकट गर्नु भएको बताउनु भयो ।
सडकको बिषय बजेटमा समावेश हुनका लागि पूर्व संविधान सभा सदस्य नारायण बहादुर कार्की, कटारी नगरका जनप्रतिनिधि, स्थानिय राजनैतिक दल, व्यवसायी तथा पत्रकारहरुको विशेष पहल र भुमिका रहेको समेत स्मरण गर्नु भयो ।

Last updated:2020 May 29 Friday 16:35:46

प्रतिक्रिया
सम्बन्धित समाचार