विश्वराज तामाङ
उदयपुर बैशाख १९
कोरोना इपिसेन्टरको रुपमा लिईने उदयपुर जिल्लाबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य पूर्व शहरी विकास मन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य डा. नारायण खड्का स्वास्थ्य सामाग्री लिएर उदयपुर आईपुगेका छन् ।
डा. खड्काले पिपिई लगायत स्वास्थ्य परिक्षण खटिने स्वास्थयकर्मीहरु सामाग्रीको अभावमा परिक्षणमा खट्न नपाएको समस्यालाई मध्यनजर गर्दै पिपिई सेट, माक्स, सेनिटाईजर लगायतका सामाग्री लिएर उदयपुर आईपुगेका हुन् । प्रतिनिधि सभा सदस्य डा. खड्काले स्वास्थ्य सामाग्री शुक्रबार एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरलाई हस्ताणतरन गरेका छन् । जिल्ला प्रशासन कार्यालय उदयपुर परिसरमा स्थानिय तहका जनप्रतिनिधि, प्रदेश सभा सदस्य तथा सुरक्षा निकायका प्रमखको उपस्तिथीमा उहाँले उक्त सामाग्री हस्ताणतरन गर्नु भएको हो ।

smart
डा. खड्काले आफुले राजधानीमा रहेर जिल्लाबासी युवाहरुको समस्यालाई संबोधन गरीरहेको समेत बताउनु भयो, उदयपुरमा संक्रमितको संख्या बढि रहेकाले प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र मुख्य मन्त्रीलाई पटक पटक उदयपुरको बिषयमा गम्भीर भएर स्वास्थ्य परिक्षणको दायरा बढाउनका लागि माग गरिरहेको समेत बताउनु भयो । प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले उदयपुर क्षेत्र नम्बर १ को वेलका, चौदण्डि र त्रियुगा नगरपालिकाका स्थानिय नागरिक तथा जनप्रतिनिधिहरु संग जिल्लाको समस्याको बिषयमा स्थलगत रुपमा जानकारी लिनु भएको छ ।

smart
सो क्रममा प्रमुख जिल्ला अधिकारी दिपककुमार पाहाडिले स्वास्थय परिक्षण गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक सामाग्रीको अभाव झेल्दै आएकाले सहयोग प्रति आभार प्रकट गरेका थिए ।
त्रियुगा नगरप्रमुख बलदेव चौधरी र चौदण्डिगढि नगरपालिका प्रमुख खगेन्द्र राईले नगर क्षेत्र भित्र भएका प्रयास र समस्याको बिषयमा जानकारी गराउनु भएको थियो । यसै विच प्रतिनिधि सभा सदस्य डा. खड्काले कोरोना इपिसेन्टर त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के क्षेत्रमा पुगेर स्लथलगत अवलोकन गर्नु भएको छ । उहाँले स्थानिय नागरिकहरु संग भुल्के क्षेत्रलाई शिल गरिए पछि उत्पन्न समस्याको बिषयमा जानकारी लिनु भएको थियो, सो क्रममा स्थानियहरुले खाद्यन्नको चरम अभाव झेल्नु परेको, मुस्लीम समुदायको रमजान पर्व चलिरहदाँ खाद्य सामाग्री प्राप्त गर्न नसकेको, पिसिआर परिक्षणको दायरा बढाउनका लागि माग गरेका थिए ।
डा. खड्काले स्थानियले उठाएका मागलाई आफु जति सक्दो बढि पहल कदमी गरीरहेको समेत बताउनु भएको थियो, उदयपुरमा लकडाउन सुरु भए पछि विपन्न नागरिकका लागि प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले वेलका, चौदण्डि र त्रियुगा नगरपालिकालाई दुई दुई हजार किलो चामल, कटारी नगरपालिकालाई एक हजार किलो र ताप्ली गाउँपालिकालाई पाँच सय किलो चामल सहयोग समेत गर्नु भएको छ ।