उपहार सम्वाददाता-
उदयपुर । वल्र्डभिजन इन्टरनेसनल नेपालको सहयोग तथा जिल्लाका साझेदार संस्थाहरु ह्ुरेण्डेक, जीड्स र नेस्पेकको साझेदार समन्वयमा जिल्ला विपत व्यवस्थापन समिति उदयपुरलाई कोरोना प्रभाबित क्षेत्रमा प्रयोग गरिने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र तापक्रम नाप्ने आईआर थर्मोमिटर उपलब्ध गराएको छ ।
वल्र्डभिजनले संक्रमणस्थलहरुमा प्रतिकार्य सहज बनाउनका लागि करिब ६ लाख १५ हजार रुपैयाँ मूल्य बराबरको ३० थान पिपिई र ४ थान आईआर थर्मोमिटर सहयोग हस्तान्तरण गरेको हो । जिल्लामा कोरोनाको प्रकोप बढ्दै गएको र त्यसबाट प्रभावित र संक्रमितसमेत बढ्दै गएपछि जिल्लाको सम्बन्धित निकायहरुको माग अनुसार स्वास्थ्य सामंग्री हस्तान्तरण गरिएको वल्र्डभिजनका प्रतिनिधि अजय साहले जानकारी गराए ।
“जिल्लामा बढ्दै गरेको कोरोना संक्रमण प्रतिकार्यका लागि वल्र्डभिजन इन्टरनेसनल नेपालले सहयोग गरेको स्वास्थ्य सामंग्रीले ठूलो सहयोग पुग्ने भएको र सके अझ सहयोग उपलब्ध गराउन हामी अनुरोध गर्दछौं”, स्वास्थ्य सामंग्री हस्तारन्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समिति उदयपुरका प्रमुख दीपककुमार पहाडीले बताए ।
हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले जिल्लामा कोरोना प्रभावितहरुको संख्या बढ्दो क्रममा रहेको हुँदा थप सतर्कता अपनाउनुका साथै स्वास्थ्य सम्बन्धी सेवाका लागि शिघ्र पहल अगाडी बढाउन सवै निकायहरुलाई आग्रह गरेका थिए । उनले पिपिइ र थर्मोमिटरको अभाव भइरहेको बेला प्राप्त सहयोग सराहनीय रहेको बताए ।
सय भन्दा बढि देशहरुमा कार्यरत रहेको वल्र्डभिजन नेपालमा सन २००१ देखि निरन्तर विभिन्न १४ वटा जिल्लाहरुमा बाल संम्बृद्धि एवं समुदाय सहकार्य अन्तरर्गत स्वास्थ्य, शिक्षा, कृृषी तथा आय आर्जन, विपत व्यवस्थापन, बालसंरक्षण लगायतका क्षेत्रमा कार्यरत रहेकोछ । हाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल मोरङ, उदयपुर, सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली, काठमाण्डौँ, लमजुङ, ललितपुर, अछाम, डोटी, जुम्ला, कैलाली र बझाङ्ग गरी छ प्रदेशका चौध जिल्लामा क्रियाशील छ ।
स्वास्थ्य कार्यक्रमको सन्दर्भमा गत डिसेम्बर सन् २०१९ देखि सुरु भई विश्वब्यापी महामारीको रुप लिइरहेको कोराना भाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० ले गर्दा नेपाल पनि आक्रान्त बनिरहेको र पुरै देश हाल बन्दाबन्दी ९यिअप मयधल०को अवस्थमा रहेको हालको परिप्रेक्षमा नेपाल सरकारको कोराना भाइरस प्रतिकार्य कार्यक्रममा थप सहयोग पु¥याउन वल्र्डभिजनले संघिय, प्रदेश, जिल्ला विपद् ब्यवस्थापन समिति तथा स्थानीय तहमा सहयोग गर्ने उद्देश्यले स्वास्थ्य विभिन्न तहमा हस्तान्तरण गरिरहेकोछ । वल्र्डभिजनले उक्त सामंग्रीहरु उच्चस्तरको स्वास्थ्य सामाग्री भएकोले सहि सदुुपायोगको अपेक्षा समेत गरेको वल्र्डभिजनका बाह्य सम्पर्क तथा समन्वय विशेषज्ञ प्रमिल अधिकारीको भनाई छ ।
हस्तान्तरण कार्यक्रममा साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला प्रहरी कार्यालयका प्रमुख वीरबहादुर बुढामगर, सशस्त्र प्रहरी प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, उपाध्यक्ष भोटराज राईलगायतका पत्रकारहरुको पनि उपस्थिती थियो ।
