Upahar News शुक्रबार, कार्तिक २१ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

प्रहरीको गोली लागेका विप्लव समूहका नेताको मृत्यु

  • उपहार न्यूज
  • बुधबार, जेष्ठ ८ २०७६
प्रहरीको गोली लागेका विप्लव समूहका नेताको मृत्यु

काठमाडौं ।  भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जंगलमा प्रहरीको गोली लागेर घाइते विप्लव समूहका स्थानीय नेता तीर्थराज घिमिरेको मृत्यु भएको छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि लगिँदै गर्दा घिमिरेको बाटैमा मृत्यु भएको बताउनुभयो । ३२ वर्षीय घिमिरे भोजपुरको षडानन्द नगरपालिका –२, कुदाककाउलेका बासिन्दा हुनुहुन्थयो । घिमिरेको तिघ्रामा गोली लागेको थियो ।

नेकपा विप्लव सगरमाथा व्युरोका नेता शैलेसले प्रहरीसँग कुनै मुठभेड नभएको बताउनु भएको छ । आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको भन्दै उहाँले आक्रोश पोख्नुभएको छ ।

Last updated:2019 May 22 Wednesday 15:08:57

प्रतिक्रिया
सम्बन्धित समाचार