Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सहारा द्वारा खाद्यान्न सहयोग

  • उपहार न्यूज
  • बुधबार, बैशाख ३ २०७७
सहारा द्वारा खाद्यान्न सहयोग

उपहार न्यूज
उदयपुर बैशाख ३
झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमीटेड बिर्तामोड को रामपुर सेवाकेन्द्रले कोरोना भाइरस कोभिड – १९ संक्रमरणका कारण बिगत २०७६ चैत्र ११ देखि जारी लकडाउनका कारण समस्यामा परेका बिपन्न परीवारलाइ भोकमारी बाट जोगाउन स्थानीय सरकारले खडा गरेको फुड बैंकमा खाद्यान्न सहयोग गर्ने क्रममा आज २०७७ बैशाख ३ गते बेलका नगर पालिकालाइ ५०,०००। बराबरको चामल हस्तान्तरण गरेको छ । सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नगर प्रमूख दुर्गा कुमार थापा र उप प्रमुख राजकुमारी चौधरी लाइ सो खाद्यान्न हस्तान्तरण गरीएको जानकारी सहारा नेपालका अनुगमन अधिकृत महेश तामाङ्ग ले गराउनुभयो ।
सो कार्यक्रममा रामपुर शाखा प्रमुख दिलीप गिरीले १२०० केजी चामल हस्तान्तरण गरीएको पत्र पढेर मेयरलाइ हस्तान्तरण गर्नु भएको थियो भने अनुगमन अधिकृत तामाङ्गले सहारा नेपालको कोरोना भाइरस बिसेस अभियान बारे चर्चा गर्नु भएको थियो ।उहाले प्रथम चरणमा प्रदेश अन्तर्गत ६ जिल्लामा रहेका क्वारेन्टाइनमा ५० लाख बराबरको खाद्यान्न राहत प्याकेज बनाइ खर्च गरीएको थियो भने दोस्रो चरणमा बिपन्न राहत कार्यक्रम अन्तर्गत कार्य क्षेत्र भित्र रहेका हरेका गा पा लाइ रु २५०००। र न पा लाइ रु ५००००। बराबर नगद वा खाद्यान्न सहयोग गरीरहेको समेत जानकारी गराउनु भयो ।सो कार्यक्रममा बेलटार सेवा केन्द्र प्रमुख सुजन कार्की,कर्मचारीहरु टेक प्र. अधिकारी,रबिन चौधरी,रुद्र राजबंशी,सरला कार्की र पत्रकार कर्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
कोरोना भाइरस महामारी संग लडिरहेको सरकारलाई साथ दिनको लागी सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत ५० लाख रुपैँयाको राहत प्याकेज साथै सहाराका ६ जिल्ला भित्र रहेका अति विपन्न परिवारलाई पैसाको अभाव हुन नदिनको साथै अर्थतन्त्रलाई चलायमान गरिराख्नका लागी सदस्यमूखि कार्यक्रम अन्तरगत रु ७ करोड रुपैँया बिपत सापटी रकम बिना व्याज २ महिनामा फिर्ता गर्ने गरि प्रति सदस्य बढिमा रु ५ हजार सम्म दिने घोषणा सहकारीका कार्यकारी प्रमूख महेन्द्र कूमार गिरीले विज्ञप्ती जारी गरी जनाएका छन् । साथै यस किसीम को बिसेस सापटी रकम हाल सम्म ५२०० सदस्यलाई २ करोड वितरण गरिसकेको जसमा रामपुर सेवाकेन्द्र अन्तरगत मात्र ४९ जनालाई रु १ लाख ७१ हजार सापटी वितरण गरिसकेको सेवाकेन्द्र प्रमूख दीलीप गिरीले जानकारी गराउनुभयो ।

Last updated:2020 Apr 15 Wednesday 12:52:41

प्रतिक्रिया
सम्बन्धित समाचार