Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

नेकपाले ग¥यो वेलका नगरपालिकाको कोषमा ८ लाख ५० हजार सहयोग

  • उपहार न्यूज
  • सोमबार, बैशाख १ २०७७
नेकपाले ग¥यो वेलका नगरपालिकाको कोषमा ८ लाख ५० हजार सहयोग

उपाहार न्यूज
उदयपुर बैशाख १
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड १९ को विरुद्धमा गरिएको लकडाउनका कारण विपन्न परिवारमा आउन खाद्यन्न संकट तथा महामारीको रोकथामको लागि मध्यनजर गर्दै नेकपा वेलका नगर समितिले संकलन गरेको राहात रकम नगरपालिकालाई हस्ताणतरन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बेलका नगर कमिटीले नया‘ वर्षको अवसर पारेर बेलका नगरपालिकालाई नगद रु. ८ लाख ५० हजÞार रकम सहयोग हस्तान्तरण गरेको छ । नगर पार्टिका अध्यक्ष मनोज तामाङले उक्त रकम बेलका नगरपालिकाको मेयर दुर्गा कुमार थापालाई एक कार्यक्रम विच हस्तान्तरण गर्नुभयो ।
सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष तामाङले जनताको प्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) जस्तोसुकै बिपत्तीको समयमा पनि जनता संगै हुने बताउन भयो ।


सहयोग रकम बुझ्दै नगरका मेयर दुर्गा कुमार थापाले संकटको समयमा आफुले सबै राजनैतिक पार्टी लगायत संघ संगठनबाट सहयोगको अपेक्षा गरेको बताउदै आफु र नगरपालिकाले सोचे अनुसारनै कार्य भएको र गरेको बताए ।
मेयर थापाले कोभिड(१९ को विरुद्धमा बेलका नगरपालिकाले अपनाएको कार्ययोजनालाई केही संघसंस्थाहरुले बेलका मोडेलमा कोरोना नियन्त्रण गर्न प्रभावकारि भुमिका खेल्न सक्ने भन्दै नगर प्रति प्रसंसा समेत गरेको बताउनुभयो।
नेकपा नगर सचिव तथा राहत सहयोग संकलन तथा व्यवस्थापन समितिका संयोजक गणेश बस्नेतले सम्पुर्ण सहयोगी हात तथा मनहरुप्रति नगर पार्टी कृतज्ञ रहेको र सहयोग रकमले बिपन्न,गरिव,असाह्य मजदुर परिवारजनको दुखेको घाउमा थोरै भएपनि मल्हाम पट्टी लाउन सहयोग गरेको खबर नगर पार्टीले सुन्न चाहेको बताउदै बेलका नगरबासीको ईच्छा र चाहना बमोजिम नै पार्टीले भावि रणनितीहरु बनाउदै लगिने बताउनुभयो।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेकपा उदयपुर जिल्ला कमिटी सदस्यहरु रमण भट्टराई,राकेस किराती,धनपति आचार्य,मोहन प्रसाद घिमीरे लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो।
बेलका नगरपालिकामा कोरोना विरुद्धको स्वास्थ्य कार्यक्रममा ज्यानको कुनै पर्बाह नगरी अहोरात्र खट्ने स्वास्थ्य कर्मचारी लगायतको टोलीलाई एक महिना बराबरको प्रोत्साहन भत्ता उपलब्ध गराउन नगर सरकारलाई अनुरोध गरिएको नगर कमिटी सदस्य हिराजङ राईले बताउनु भयो ।

Last updated:2020 Apr 13 Monday 10:13:36

प्रतिक्रिया
सम्बन्धित समाचार