उपहार न्यूज
उदयपुर चैत २४
त्रियुगा नगरपालिका वडा नम्बर १० मा लकडाउनका कारण दैनिक ज्यालादारी गरेर जिविका चलाउने विपन्न परिवारको लागि राहात वितरण गर्नका लागि स्थापना गरेको राहात कोषमा सहयोग जुट्ने क्रम सुरु भएको छ ।
वडाले चालु आर्थिक बर्षमा वडामा विनियोजित रकम मध्यबाट पाँच लाख रुपैयाको विपद व्यवस्थापन समिति त्रियुगा नगरपालिका १० को कोष स्थापना गरेको छ ।
वडाले विपद व्यवस्थापन कोषमा सहयोग गर्नका लागि आव्हान गरे पछि त्रियुगा नगरपालिका वडा नम्बर १० का स्थानिय नागरिक तथा टोल विकास संस्था र समुहहरुले कोषमा सहयोग गर्ने क्रम सुरु भएको छ । सोमबार स्थानिय कृषि आधारलघु उद्यमी बचत तथा ऋण सहकारी संस्थाले पाँच हजार पाँच सय रुपैया वडाको कोषमा सहयोग गरेको छ । सहकारीका अध्यक्ष सरिता हायु सल्लाहकार चन्द्र बहादुर विश्वकर्माले वडाध्यक्ष प्रकास कुमार खड्कालाई पाँच हजार पाँच सय रुपैयाको चेक हस्ताणतरन गर्नु भएको हो ।
सो क्रममा वडाध्यक्ष प्रकास कुमार खड्काले स्थानियबाट संकलित रकमलाई पादर्षि ढंगबाट उचित व्यवस्थापन गर्ने र सोको लेखाजोखा राखेर सामाजिक परिक्षण समेत गर्ने बताउनु भएको छ ।
यसै विच त्रियुगा नगरपालिका वडा नम्बर १० का २२ टोल विकास संस्थालाई समेत वडाले विपद कोषमा सहयोग गर्नका लागि आग्रह गरेको छ । विपद कोषमा समावेशी टोल विकास संस्थाले स्थानियबाट संकलित चार हजार पच्चीस रुपैय, सृजना टोल सुधार समितिले १० हजार रुपैया आईतबार वडाध्यक्ष प्रकास कुमार खड्कालाई हस्ताणतरन गरेको थियो ।
यता वडाको विपद व्यवस्थापन कोषका लागि त्रियुगा नगरपालिका वडा नम्बर १० का स्थानिय पदम बहादुरख खत्रीले २० हजार, निर्माण व्यवसयाी अमृत खड्काले २५ हजार, कल्याण बोहोरालो पाँच हजार, विजय खत्रीले पाँच हजार, ओम खड्काले सात हजार पाँच सय, जिल्ला समन्वय समिति उदयपुरका उपप्रमुख गंगा राईले १० हजार, संचार उद्यमी तथा पत्रकार विश्वराज तामाङले पाँच हजार, निर्माण व्यवसायी सुभाष भट्टराईले ११ हजार, स्वास्थ्यकर्मी मुरारी तिम्सीनाले पाँच हजार, नर बहादुर खड्काले पाँच हजार, सन्तोष खड्काले पाँच हजार, नेपाली कांग्रेसका नेता केशव बस्नेतले २५ हजार, नेकपा उदयपुरका सचिव इश्वरमणी राउतले ११ हजार एक सय ११, व्यवसायी प्रेम प्रसाद भट्टराईले २५ हजार, अनिल महतोले ५ हजार, नेपाल मगर संघ त्रियुगा नगरपालिका वडा नम्बर १० समितिले पाँच हजार पाँच सय, नेपाली कांग्रेस त्रियुगा नगर सभापती सरोजकुमार बस्नेतले १५ हजार, स्थानिय कृष्ण कुमार दाहालले पाँच हहजार, प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य लक्ष्मी परियारले १० हजार र सृजनाटोल निवासी नवराज श्रेष्ठले पाँच हजार एक रुपैया सहयोग गरेको वडाध्यक्ष प्रकास कुमार खड्काले जानकारी दिनु भयो ।
स्थानियहरुबाट संकलित रकम ग्लोबल आईएमी बैंक गाईघाट शाखामा विपद व्यवस्थापन समिति त्रि.न.पा १० को नाममा खाता खोली जम्मा गरिएको वडाध्यक्ष खड्काले जानकारी दिनु भयो । विपद व्यवस्थापन समितिको खाता नम्बर २२०१०१००००८२६ नम्बरको खातामा अन्य क्षेत्रबाट पनि सहयोग गर्न सकिने वडाध्यक्ष खड्काले जानकारी दिनु भयो ।