Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

चौदण्डिगढि नगरपालिकाको जनप्रिय काम, १२ हजार बढि विपन्नलाई राहात (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • शुक्रबार, चैत्र २१ २०७६
चौदण्डिगढि नगरपालिकाको जनप्रिय काम, १२ हजार बढि विपन्नलाई राहात (फोटो फिचर सहित)
smart

विश्वराज तामाङ
उदयपुर चैत २१
सरकारले कोभिड १९ को संक्रमण फैलन नदिनको लागि आव्हान गरेको लक डाउनको ११ औ दिन वित्दै गर्दा उदयपुरमा भने स्थानिय तहहरुले आफ्ना नागरिकहरुलाई राहात तथा स्वास्थ्य सामाग्री वितरणको कामलाई तिब्रता दिएको छ ।
उदयपुरका चार नगरपालिका र चार गाउँपालिका मध्ये चौदण्डिगढि नगरपालिकाले लकडाउनका कारण दैनिक ज्यालादारी गरी परिवार चलाउने विपन्न परिवारको लागि नगरपालिकाबाट ७० लाख बजेट विनियोजन गरेर राहात तथा स्वास्थ्य सामाग्री वितरण सुरु गरेको छ । नगरपालिकाको कार्यपालिकाको बैठकको निर्णय अनुसार नगरबासीलाई अति आवश्यक सामाग्रीहरु निःशुल्क वितरण गरिएको नगर प्रमुख खगेन्द्र कुमार राईले बताउनु भयो । नगर प्रमुख राईका अनुसार पहिलो चरणमा अति विपन्न परिवार बसोबास गर्दै आएको नगरपालिकाको वडा नम्बर ५, १०, २ र ६ नम्बर वडाका स्थानिय नागरिकहरुलाई त्यस पश्चात नगर क्षेत्र भित्रका सबै स्थानमा नागरिकहरुलाई दैनिक खाद्यन्न वितरण गरिदै आएको बताउनु भयो ।
हाल सम्म चौदण्डिगढि नगरपालिकाले नगर क्षेत्र भित्रका ३ हजार दुई सय १ घरधुरीका १२ हजार ७ सय ४५ व्यक्तिलाई लाभान्वीत हुने गरी राहात वितरण गरेको नगर प्रमुख राईले जानकारी दिनु भयो । राहात प्राप्त गरे संगै स्थानिय नागरिकहरुले पनि सरकारले आव्हान गरेको लकडाउनलाई पूर्ण पालना गर्ने बताएका छन् । नगरपालिकाले विपन्न वर्गमा खाद्यन्न संकट उत्पन्न हुन नदिनका लागि निःशुल्क खाद्यन्न उपलब्ध गराएको हो । नगरपालिकाले नगर क्षेत्रमा संक्रमणको जोखिम कम गर्नका लागि ३२ क्वारेनटाइन र ७ वटा आईसुलेसन वेड स्थापना गरिएको नगर उपप्रमुख रिता चौधरीले बताउनु भयो । नगरपालिकाको सबै वडाका स्वास्थ्य संस्था र गाउँघर तथा शहरी क्लिनिकहरुलाई २४ सै घण्टा सेवा दिनका लागि निर्देशन दिईएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्र भित्र रहेका सदा समुदाय, गरिब, विपन्न तथा दैनिक ज्यालादारी गरेर परिवार संचालन गर्नेहरुका लागि राहतको कार्यक्रम नगरपालिकाले संचालन गरेको चौदण्डिगढि नगरपालिका उदयपुरका प्रवक्ता तथा वडा नम्बर १० का वडाध्यक्ष रामकुमार खड्काले जानकारी दिनु भयो ।

smart

smart

smart

नगरपालिकाले राहात वितरण गरे पछि स्थानिय नागरिकहरु पनि खुसी भएका छन्, नगरपालिकाले गरेको यस किसिमको कार्य आफैमा स्वागत योग्य रहेको नेकपाका नेता शम्भु पौडेलले बताउनु भयो । विपत्तीको घडिमा स्थानिय तहले यसरी नागरिकलाई घरघरमै खाद्यन्न सहयोग गर्नु आफैमा खुसीको कुरा भएको स्थानियहरु बताउछन् ।

Last updated:2020 Apr 03 Friday 12:03:11

प्रतिक्रिया
सम्बन्धित समाचार