उपहार न्यूज
उदयपुर चैत १४
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोक्नका लागि उदयपुरको चौदण्डिगढि नगपालिकाले स्वास्थ्यकर्मीहरुको लागि पिपिई सेट वितरण गरेको छ । चौदण्डिगढि नगरपालिका क्षेत्रका स्वास्थ्य संस्था स्थापना गरिएका हेल्प डेक्समा खटिने स्वास्थ्यकर्मीहरुको लागि सेनिटाइजर, पिपिई सेट ग्लोभ्स माक्स लगायत वितरण गरिएको चौदण्डिगढि नगरपालिका उपप्रमुख रिताकुमार चौधरीले जानकारी दिनु भयो ।
चौदण्डिगढि नगरपालिका प्रमुख खगेन्द्र राई, उप प्रमख रिताकुमारी चौधरी, स्वास्थ्य शाखा प्रमुख तेज बहादुर पोख्रेलले नगर क्षेत्र भित्रका स्वास्थ्य संस्थालाई २५ सेट पिपिई वितरण गरेको हो ।