उपहार न्यूज
उदयपुर चैत १४
विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ कोरोना भाईरसको संक्रमण रोक्नका लागि उदयपुरमा स्थापना गरिएको करेनटाइनको लागि नेपाल रेडक्रस सोसाईटी उदयपुरले गैरखाद्य सामाग्री उपब्ध गराएको छ । उदयपुरको वेलका, चौदण्डिगढि, त्रियुगा र कटारी गरी १३५ करेनटाइन स्थापना गर्नका लागि रेडक्रस उदयपुरद्धारा गैरखाद्य सामाग्री उपब्ध गराएको नेपाल रेडक्रस सोसाईटी उदयपुरका मन्त्री सुभाष कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

स्थानिय तहको माग बमोजिम जिल्ला प्रशासन कार्यालयको सिफारिसमा करेनटाइन स्थापना गर्नका लागि रेडक्रसले कम्वल, झुल, ब्ल्याङकेट, बाल्टीन लगायतका गैरखाद्य सामाग्री वितरण गरेको हो ।
उदयपुरको वेलका नगरपालिकामा ३०, चौदण्डिगढि नगरपालिकामा ३०, त्रियुगा नगरपालिकामा २५ र कटारी नगरपालिकामा ५० सेट सामाग्री उपलब्ध गराई करेनटाइन स्थापना गरिएको हो ।
वेलका र चौदण्डिगढि नगरपालिकाका विभिन्न स्थानमा करेनटाइन स्थापना गरिएको छ, यता त्रियुगा नगरपालिकाले भने त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा करेनटाइन स्थापना गरेको हो । उता कटारी स्थित बेलस्रोतमा सेनाको व्यारेक भित्र ५० बेडको करेनटाइन स्थापना भएको छ, बेलस्रोतमा २०० क्षमताको करेनटाइन स्थापना गर्न सकिने अबस्था रहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलन नदिनका लागि नेपाल रेडक्रसले स्थानिय तह, विपद व्यवस्थापन समिति लगायत स्वास्थ्य क्षेत्रहरु संगको सहकार्यमा काम गरीरहेको रेडक्रस उदयपुरका सभापती विनोद कुमार बस्नेतले जानकारी दिनु भयो । यो समचार तयार पार्दा सम्म उदयपुरमा हाल सम्म बेलका नगरपालिकामा ४०, चौदण्डिगढि नगरपालिकामा ३९, त्रियुगा नगरपालिकामा २५, कटारी नगरपालिमा २००, लिम्चुङगाउँपालिकामा २०, रौतामाई गाउँपालिकामा ३ करेनटाइन स्थापना गरिएको जानकारी प्राप्त भएको छ । कटारीको बेलसोतमा करेनटाइनमा बस्नेको संख्या २६ पुगेको जिल्ला प्रशासन कार्यालय उदयपुरले तोकेका स्रोत व्यक्ति लौकाजी राईले जानकारी ीदनु भयो ।