Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

वेलकाका युवालाई धरान पठाउने तयारी, उदयपुर लकडाउन उल्लघन गर्ने सवारीहरु नियन्त्रणमा

  • उपहार न्यूज
  • मंगलबार, चैत्र ११ २०७६
वेलकाका युवालाई धरान पठाउने तयारी, उदयपुर लकडाउन उल्लघन गर्ने सवारीहरु नियन्त्रणमा
smart

विश्वराज तामाङ
उदयपुर चैत ११
चैत ४ गते कतार एयरवेजको फ्लाइट नम्बर ६५० मा नेपाल आएका उदयपुरको वेलका नगरपालिका वडा नम्बर ३ रातापानीका युवा विद्ययानन्द चौधरीलाई धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भएको छ । कतार एयरवेजको फ्लाईट नम्बर ६५० मा नेपाल आएकी एक युवतीलाई कोरोना पोजेटिभ देखिए पछि उक्त एयरमा नेपाल आउने नागरिकहरुको खोजी हुने क्रममा चौधरीलाई ज्वरो आएको अबस्था पाईएको थियो ।
चौधरीलाई निरन्तर ज्वरो आएको भन्ने जानकारी प्राप्त भए पछि वेलका नगरपालिका नगर प्रमुख दुर्गाकुमार थापाले संबन्धित पक्षलाई जानकारी गराएका थिए ।
चौधरीलाई संक्रमण भएको या नभएको थप पुष्टि गर्नका लागि धरान लग्ने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक बीर बहादुर बुढामगरले जानकारी दिए । यो समाचार तयार गर्दै गर्दा यता वेलका नगर प्रमुख दुर्गाकुमार थापाले आफ्नो फेसबुकमा चौधरीको अबस्था सामान्य भएको जानकारी पोष्ट गरेका छन् ।
यता सरकारले घोषणा गरेको लक डाउनको पहिलो दिन उदयपुरमा लक डाउन उल्लघन गर्ने एक सय ५५ मोटरसाईकल, ३० वटा चारपाङग्रे सवारी साधन, दुई साईकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दिसो २ बजे सम्म उक्त संख्यमा सवारी साधन नियन्त्रणमा लिईएको र त्यसको दर बढेको प्रहरी उपरिक्षक वीर बहादुर मगरले बताउनु भयो ।

Last updated:2020 Mar 24 Tuesday 10:30:06

प्रतिक्रिया
सम्बन्धित समाचार