उपहार न्यूज
उदयपुर चैत ३
नेपाल कम्युनिष्ट पार्टी निकट मजदुर संगठन अखिल नेपाल औद्योगिक मजदुर संघ उदयपुरका जिल्ला अध्यक्ष अमर बहादुर काफ्ले सहित त्रियुगा नगरपालिका वडा नम्बर ५ मा श्रीपुरमा ठूलो संख्यामा स्थानियहरु नेपाली कांग्रेस प्रवेश गरेका छन् । त्रियुगा नगरपालिका ५ स्थित बेलचौरीमा आयोजित कार्यक्रममा मजदुर संगठनका जिल्ला अध्यक्ष काफ्ले सहित स्थानिय तह निर्वाचनमा माओवादी केन्द्रबाट वडा सदस्यका उम्मेदबार भएका स्थानिय धनवीर कार्र्की पनि नेपाली कांग्रेसका प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का, नेपाली कांग्रेस उदयपुरका पूर्व सभापती तथा प्रदेश सभा सदस्य हिमाल कार्की, कांग्रेस नेता तथा त्रियुगा नगरपालिका उप प्रमुख देवीकुमारी चौधरी लगायतले अबिर लगाएर स्वागत गरेका थिए । लामो समय सम्म कम्युनिष्ट राजनितिमा लागे पनि अन्तत कम्युनिष्ट पार्टीहरुले जनताको मनोभवना विपरित काम गरेकाले नेपाली कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा स्थानिय जाल बहादुर घ्रङचिङ, कृष्ण कुमार राई, दुर्गा कोइराला, भक्त बहादुर दनुवार, इन्दिरा बुढाथोकी, सुमित्रा बुढाथोकी, विन्दा बुढाथोकी, तुलसा राई, सिम्रीक लाल चौधरी, सोममाया तामाङ, जानु मोक्तान, उर्मिला तामाङ, मंगली राई, पूर्ण तामाङ, सविता तामाङ, तुलसा खत्री, अनिता कार्की, पार्वती माया बुढाथोकी, गायत्रा बुढाथोकी, एलिना बुढाथोकी, सुस्मिता बुढाथोकी, कविता बुढाथोकी, राजकुमार सुब्बा, सिता राई, उमा बुढाथोकी, सेर बहादुर बस्नेत रहेका छन् ।
त्यसैगरी अम्बिका बस्नेत, पुजा बस्नेत, पुष्पा भ्टराई, सरिता खत्री, रन्जु बस्नेत, मनोज बुढाथोकी, अम्विका कटुवाल, कविता कटुवाल, सकुन्तला खड्का, कृष्ण बस्नेत, सविता बस्नेत, मेनुका कार्की, सविना बुढाथोकी, हिरा राया, प्रतिका काफ्ले, रुद्रमाया थापा, पुजा बस्नेत, देविका बुढाथोकी, भोला प्रसाद निरौला, तिर्थ कुमारी बुढाथोकी, खम्ब माया कार्की, पम्फा काफ्ले, सारादा बस्नेत, गिरी बहादुर बस्नेत, सिता कार्की, दिनेश बुढाथोकी, भुपध्वज कार्की, रुद्रसिंह ठकुरी, विन्दामाया बोहोरा र ढट्टमाया खतिवडा रहेका छन् ।
यसै विच नेपाली कांग्रेस वेलका नगर समितिले एक विज्ञप्ती जारी गर्दै केहि दिन अघि उदयपुरको रामपुरमा नेपाली कांग्रेस परित्याग गरी १५० बढि नेकपामा प्रवेश गरेको भन्ने समाचार प्रति ध्यानकर्षण रहेको जनाएको छ । नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु वेलका ३ का वडा सभापती राजकुमार पाण्डे नेकपा प्रवेश गरेको भन्ने समाचार झुटो रहेको दाबी गरेको छ । वेलका नगर सभापती सुशिल सेढाईले एक विज्ञप्ती जारी गर्दै वडा सभापती भनिएका राजकुमार पाण्डे वडा सभापती नभएको र उनी संगै पार्टी प्रवेश गर्ने नेत्र पौडेल बाहेक अन्य कुनै पनि व्यक्ति कांग्रेसको कुनै पनि सदस्य नरहेको पुष्टि गरेको छ ।
पार्टी सभापती सेढाईद्धारा हस्ताक्षरित विज्ञप्तीमा पाण्डे र पौडेल गत स्थानिय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदबारलाई असहयोग गरेको कारण पार्टी भित्र कार्वाहिको प्रक्रिया संचालन भैरहदा नेकपामा प्रवेश गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।