उपाहार न्यूज
उदयपुर फागुन १६
उदयपुरको रौतामाई गाउँपालिका अवस्थित उदयपुरकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौता पोखरीमा प्रदेश नम्बर १ सरकारका मुख्यमन्त्री शेरधन राई र नेपाली सेनाका प्रधानसेनापतीको उपस्तिथीमा ६ हजार तीन समय विरुवा वृक्षारोपण गरिएको छ ।
शुक्रबार एक समारोहका विच प्रदेश मुख्यमन्त्री राई र प्रधानसेनापती थापाले वृक्षारोपण गर्नु भएको हो नेपाली सेनाको १८ नम्बर बाहिनी अन्तर्गत रणसाद्र्रुल गणको आयोजना तथा रौतामाई गाउँपालिका संगको समन्वयमा वृक्षारोपणा गरिएको हो । वृक्षारोपण कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले नेपाली सेनाको गर्विलो इतिहास संगै सामाजिक रुपमा यसरी गरएको योग्दानको उच्च प्रशंसा गर्नु भयो । मुख्यमन्त्री राईले नेपाल एकात्मक राज्य व्यवस्थाबाट संघिय संरचनाअनुसार संचालन भैरहेकाले नागरिकको घर घरमा सरकारको उपस्तिथी रहदै आएको बताउनु भयो ।
उहाँले देशको समृद्धि र विकासको लागि सबै पक्ष हातेमाले गरेर अघि बढ्नु पर्नेमा जोड दिनु भयो, मुख्यमन्त्री राईले लामो समय पछि देशले स्थिर सरकार प्राप्त गरेकाले अब देशका स्थायी शान्ति र विकासको लागि सबद्ध पक्षहरु एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताउनु भयो ।
कार्यक्रम बोल्दै प्रधानसेनापती पूर्णचन्द्र थापाले नेपाल सरकारले अवलम्वन गरेको एक नेपाली एक फलफुल विरुवा रोपण अभियानलाई सार्थक बनाउनका लागि देशका विभिन्न स्थानमा वृक्षारोपण अभियान संचालन गरिएको बताउनु भयो । नेपाली सेना वन, वन्यजन्तु र पर्यावरणको संरक्षण गर्दै पर्यटन प्रबद्र्धनबाट स्थानियको जीवनस्तर उकास्ने अभियानमा लागेको समेत बताउनु भयो ।
उहाँले हाल सम्म विभिन्न स्थानमा गरी एक लाख ६० हजार वृक्षारोपण समेत गरि सकिएकाले देशका विभिन्न स्थानमा समेत यस अभियानलाई तिब्रता दिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै रौतामाई गाउँपालिकाका प्रमुख गजेन्द्र खड्काले नेपाली सेनाको यस किसिमको कार्यबाट गाउँपालिकाको समृद्धिमा विकास पुग्नेमा आफुहरु ढक्क रहेको बताउनु भयो । अध्यक्ष खड्काले रौतापोखरी क्षेत्र संगै गाउँपालिका भित्रका पर्यटकीय गनतव्यहरुको एकिकृत गुरु योजना निर्माण गरेर काम अघि बढेकाले प्रदेश सरकार संग सहयोगको अपेक्षा राखिएको समेत बताउनु भयो ।
सेनाले सेक्टर ए अन्तर्गत एक हजार तेजपात, सेक्टर बि अन्तर्गत ३ सय नास्पती, सेक्टर सि अन्तर्गत ब्लक १ मा टिमुर ५ सय, ब्लक २ मा ५०० टिमुर, ब्लक ३ मा टिमुर एक हजार, ब्लब ४ मा टिमुर एक हजार, ब्लक ५ मा एक हजार तेजपात र ब्लक ६ मा एक हजार तेजपात रोपिएको रणसाद्रुल गण बोक्सेका सेनानी प्रकास घिमिरेले जानकारी दिनु भयो ।
विरुवा रोपण गरिएको क्षेत्रमा चरिचरण बन्द गर्ने गरी रौतामाई गाउँपालिकालाई हस्ताणतरन गरिएको छ, रोपिएका विरुवाहरु अध्यायनको रुपमा रोपिएकाले विरुवा सफल भए स्थानिय नागरिकहरुको मागको आधारमा निःशुल्क वितरण गरिने गाउँपालिकाले उद्घोष समेत गरेको छ ।
कार्यक्रममा रौतामाई गाउँपालिकका जेष्ठ नागरिकहरु जस बहादुर राई, इन्द्रमाया कामी लाई सम्मान गरिएको छ, त्यसैगरी नेपाल एकिकरणको समयमा उदयपुरगढिमा प्रयोग भएका हातहतियारहरु संरक्षण गर्ने उदयपुरगढि नेपालटारका खम्ब बहादुर थापा, टिमुर विशेषज्ञ सागर वाणिया, रौतामाई गाउँपालिकका भुतपूर्व नेपाली सेना हर्क बहादुर बिष्ट र पत्रकार कौशल चेम्जोङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्की, प्रदेश सभा सदस्यहरु नारायण बुर्जामगर, अम्बिका थापा, जनप्रतिनिधि, नेपाली सेनाका अधिकृत, उदयपुर जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, पत्रकार तथा स्थानिय नागरिकहरुको बाक्लो उपस्तिथी रहेको थियो ।
त्रियुगा एक्सप्रेसमा प्रकाशित समाचार उपहार न्यूजबाट यदि कसैले विना अनुमती जानकारी नक्कल गरी प्रकाशन गरे कानुनी कार्वाहिको भागीदार बन्नु पर्ने छ ।