Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सागका पदक विजेता र प्रशिक्षकलाई चौदण्डिगढि नगरपालिाकाको नगद सहित सम्मान

  • उपहार न्यूज
  • बुधबार, पुष १६ २०७६
सागका पदक विजेता र प्रशिक्षकलाई चौदण्डिगढि नगरपालिाकाको नगद सहित सम्मान

उपहार न्यूज
चौदण्डिगढि पौष १६
१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगीता सागमा पदक विजेता उदयपुरका खेलाडिहरुलाई चौदण्डिगढि नगरपालिकाले सम्मान गरेको छ । भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रमको अबसरमा १३ औ सागमा पदक विजेता खेलाडिहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।
सागमा करातेबाट स्वर्ण विजेता उदयपुरको कटारी नगरपालिका ५ लेखानीका अनुपमा मगरलाई ५३ हजार पाँच सय नगद सहित पुरस्कृत गरिएको थियो । त्यसैगरी करातेको विधाको टिम काँता तर्फ स्वर्ण विजेता वेलका नगरपालिका १ तपेश्वरीका संगीता मगरलाई नगद ५३ हजार, सागमा ह्याण्डवल मार्फत रजत पदक दिलाउन सफल चौदण्डिगढि नगरपालिका ६ का ह्याण्डवल प्रशिक्षक पर्वत गुरुङलाई नगद ४० हजार, ह्याण्डवलका सहायक प्रशिक्षक विन्दाकुमारी थापालाई ४० हजार र कवडी सहायक प्रशिक्षक पार्वती राईलाई ४० हजार सहित पुरस्कृत गरिएको हो ।

त्यसैगरी बास्केटबलबाट रजत पदक विजेता कटारी नगरपालिका ६ रिस्कुका प्रतिक्षा मगर, महिला फुटवलबाट रजत विजेता कटारी ५ भोर्लेनिका हिराकुमारी भुजेल, वलेका नगरपालिका ४ का दिपा राईलाई पनि जनहि नगद ४० हजार सहित पुरस्कृत गरिएको थियो ।
यता महिला ह्याण्डवलबाट रजत पदक विजेता चौदण्डिगढि नगरपालिका ७ का बन्दना राई, बबिता श्रेष्ठ चौदण्डिगढि नगरपालिका ६ का कविता राई, निशा राई र ह्याण्डवलका नेपाली टिम क्यापटेन चौदण्डि ७ का रञ्जना राईलाई पनि जनहि नगद ४० हजार सहित सम्मान गरिएको हो । यता भारोत्तोलन तर्फ कास्य पदक विजेता चौदण्डि ३ का संगीता राईलाई नगद २७ हजार सहित पुरस्कृत गरिएको हो ।
पदक विजेता खेलाडि तथा प्रशिक्षकहरुलाई प्रतिनिधि सभा सदस्य प्रमिला राई, प्रदेश सभा सदस्यहरु अम्बिका थापा, संजाकुमारी दनुवार, चौदण्डिगढि नगरपालिकाका प्रमुख खगेन्द्र राई, उप प्रमुख रिताकुमारी चौधरी, प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्का, चौदण्डिगढि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नेकपाका नेता शम्भु पौडेल लगायत कार्यक्रमका अतिथिहरुले प्रशंसा पत्र सहित सम्मान गर्नु भएको थियो । सम्मान पछि कार्यक्रममा बोल्दै कवडिका राष्ट्रिय प्रशिक्षक पार्वती राईले राष्ट्रको लागि पदक विजेता खेलाडिहरुलाई आफ्नै गृह जिल्लामा यसरी सम्मान गर्दा मनोवल उच्च भएको बताईन् । त्रियुगा एक्सप्रेस दैनिकबाट

Last updated:2020 Jan 01 Wednesday 15:57:07

प्रतिक्रिया
सम्बन्धित समाचार