Upahar News शुक्रबार, कार्तिक २१ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

बाढी–पहिरो प्रभावितका लागि व्यवसायी प्रयास कार्कीले गरे ६ लाख ६६ हजार रुपैयाँभन्दा बढी सहयोग

  • उपहार न्यूज
  • बिहिबार, भाद्र १८ २०८३
बाढी–पहिरो प्रभावितका लागि व्यवसायी प्रयास कार्कीले गरे ६ लाख ६६ हजार रुपैयाँभन्दा बढी सहयोग

उदयपुर — उदयपुरका युवा व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका दुईपटक निर्वाचित कार्यकारिणी सदस्य प्रयास कार्कीले बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि रु. ६ लाख ६६ हजार ६६६ सहयोग गरेका छन्। कार्कीले आफ्नो व्यक्तिगततर्फबाट प्रधानमन्त्री राहत कोषमा रु. ५ लाख ५५ हजार ५५५ र नेपाल उद्योग वाणिज्य महासंघमार्फत रु. १ लाख ११ हजार १११ गरी उक्त रकम सहयोग गरेका हुन्। रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण जनधनको क्षति भइरहेका बेला पीडित परिवारको राहतमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कार्कीले बताएका छन्। कार्कीले विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्बन्धित निकायलाई प्रभावकारी रूपमा काम गर्न आग्रह गरेका छन्। “सहयोगको रकम सानो हुन सक्छ, तर सहयोग गर्ने मन कहिल्यै सानो हुनु हुँदैन,” कार्कीले भनेका छन्। उनका अनुसार विपद्को समयमा व्यक्तिगत तथा व्यावसायिक हैसियतभन्दा मानवीय सहयोग महत्वपूर्ण हुने भएकाले आफूले आफ्नो क्षमताअनुसार सहयोग गरेको बताए। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा दुईपटक निर्वाचित कार्की उदयपुरका युवा व्यवसायीका रूपमा परिचित छन्। उनको यो सहयोगले विपद्को समयमा निजी क्षेत्र तथा व्यवसायी समुदायबाट राहत तथा पुनर्स्थापनाका लागि सहयोग जुटाउने अभियानमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

Last updated:2026 Sep 03 Thursday 15:22:27

प्रतिक्रिया
सम्बन्धित समाचार