Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

कटारीमा १,१२२ किलो गाँजासहित बोलेरो बरामद, तीन जना पक्राउ

  • उपहार न्यूज
  • सोमबार, भाद्र १५ २०८३
कटारीमा १,१२२ किलो गाँजासहित बोलेरो बरामद, तीन जना पक्राउ

कटारी, भदौ १५ । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित जंगलबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई समेत पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब ४ बजे शान्ति सामुदायिक वन उपभोक्ता समूहको जंगल क्षेत्रमा लुकाएर राखिएको गाँजा फेला पारेको हो। जंगलमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचना पाएपछि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार बा १६ च ५२६९ नम्बरको बोलेरो जीपमा ल्याएर जंगलमा लुकाइराखिएको अवस्थामा ५२ वटा बोरामा प्याक गरिएको गाँजा बरामद भएको हो। बरामद गाँजाको तौल १ हजार १ सय २२ किलो ६७ ग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–१ डाँडागाउँका ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगर रहेका छन्।

प्रहरीले गाँजा, बोलेरो र पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिएका छन्।

Last updated:2026 Aug 31 Monday 10:55:06

प्रतिक्रिया
सम्बन्धित समाचार