Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गाईघाटमा रौनियारहरुले गरे बाल विवाह मुक्त समाज घोषणा

  • उपहार न्यूज
  • शनिबार, पुष ५ २०७६
गाईघाटमा रौनियारहरुले गरे बाल विवाह मुक्त समाज घोषणा

उपहार न्यूज
उदयपुर पौष ५
सामाजिक विकृतिको रुपमा मौलाउदै आएको बाल विवाह र दाईजो प्रथालाई न्यूनीकरण गर्नका लागि गाईघाटका रौनियार समाजले बाल विवाह मुक्त समाज घोषणा गरेका छन् । पिछडा वर्ग महासंघ आबद्ध मधेसी समुदाय रौनियार सेवा समाजले सामाजिक रुपमा हुने बाल विवाह अन्त गर्नका लागि शनिवार एक कार्यक्रमका आयोजना गरी घोषणा गरेका छन् ।
नेपाली समाजमा वाल विवाहको दर बढ्दो अबस्थामा रहेको र बाल विवाहले गर्दा सामाजिक विकृति समेत थपिदै गएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि रौनियार सेवा समाजले बाल विवाह मुक्त समाज घोषणा गरेको हो । नेपाली समाजमा अझ मधेसी समुदायाम बाल विवाह र दाईजो कुप्रथाको रुपमा विकसीत हुदै आएको अबस्थामा गाईघाटका रौनियारहरुले भने यस्तो निर्णय गरेका हुन् । शनिवार एक कार्यक्रम आयोजना गर्दै रौीनयार समाजले समाजलाई विकृत फैलाउने जनुसुकै सामाजिक विसंगीतलाई जरै बाट उखेलेर फ्याक्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा सहभागीहरुले बाल विवाह मुक्त समाज बनाउनका लागि आफैबाट सुरुवात गर्नु पर्ने धारणा राखेका थिए, उनीहरुले समाज अब रुपान्तरीत हुदै गएकाले पुराना मान्यताहरुलाई त्याग्दै अघि बढ्नु पर्ने बताएका थिए । कार्यक्रममा त्रियुगा नगरपालिका नगर उप प्रमुख देवीकुमारी चौधरीले हस्ताक्षर गरेर अभियानमा प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले त्रियुगा नगरपालिकाको तर्फबाट बाल विवाह न्यूनीकरण गर्नका लागि आफ्नो स्थानबाट पहल कदमी गर्ने बताउनु भयो ।
सामाजिक जनचेतना जगाउदा जगाउदै पनि समाजमा विभिन्न माध्यमबाट बाल विवाहका घटनाहरु दोहोरी रहेकाले सामाजिक रुपमा अझ सचेतना बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले त्रियुगा नगरपालिकाले महिला तथा बालबालिकाहरुको संरक्षण र संबद्र्धनको लागि विशेष कार्ययोजनानै बनाएर अघि बढ्ने गरेको बताउनु भयो ।
कार्यक्रममा त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्मा, नेकपाका युवा नेता परमेश्वर घिमिरे, महिला अधिकारकर्मी नजबुल खान, मधेसी समाजका अध्यक्ष सत्यनारायण झा, त्रियुगा मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङले समाजमा हुने यस किसिमको विकृतिको न्यूनीकरणको लागि गरिएको थालनी स्वागत योग्य रहेको बताए ।
कार्यक्रमका बक्ताहरुले बाल विवाह समाजमा सरुवा रोगको रुपमा रहेकाले यसलाई न्यूनीकरण गर्नका लागि सामाजिक रुपमा अभियानको थालनी गर्नु पर्ने आवश्यक्ता रहेको बताए । समाजमा जकडिएर रहेको दाईजो प्रथाको समेत अन्त गर्नु पर्ने कार्यक्रमका सहभागीहरुले बताएका थिए । रौनियार समाजका उदयपुरका अध्यक्ष ओमप्रकास गुप्ताले विशेषगरी मधेशी समुदायमा पनि बाल विवाह र दाईजोको कु प्रथा रहेकाले यसलाई न्यूनीकरण गर्नका लागि यस किसिमको अभियान गरिएको बताउनु भयो । त्रियुगा नगर युवा संजाकाल अध्यक्ष सुरेश गुप्ताले संचालन गरेको कार्यक्रममा त्रियुगा नगरपालिका क्षेत्र भित्रका रौनियार सेवा समाजमा आबद्ध सदस्यहरुको सहभागीता रहेको थियो । त्रियुगा एक्सप्रेस दैनिकबाट

Last updated:2019 Dec 22 Sunday 11:10:34

प्रतिक्रिया
सम्बन्धित समाचार