Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

शाेकमा सारथी बन्यो स्वरोजगार लघुबित, बिमा दाबी बापत ५ लाख बढी भुक्तानी

  • उपहार न्यूज
  • सोमबार, असार १५ २०८३
शाेकमा सारथी बन्यो स्वरोजगार लघुबित, बिमा दाबी बापत ५ लाख बढी भुक्तानी

उपहार न्युज                                                          उदयपुर, असार १५ – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय गाईघाटले आफ्नी सदस्य सिर्जना दनुवारका अभिभावक स्वर्गीय हरि बहादुर दनुवारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बीमा दाबीबापत रु. ५ लाख ५७ हजार ५ सय हस्तान्तरण गरेको छ।

त्रियुगा नगरपालिका–९, उदयपुर निवासी हरि बहादुर दनुवारको असामयिक निधनपछि संस्थाले सदस्य सुरक्षा कार्यक्रमअन्तर्गत उपलब्ध बीमा सुविधाअनुसार उक्त रकम सदस्य सिर्जना दनुवारलाई हस्तान्तरण गरेको हो।

शाखा कार्यालय गाईघाटद्वारा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिका–९ का वडा अध्यक्ष राजकुमार दनुवार विशेष उपस्तिथिमा लघुबितका शाखा प्रबन्धक राजकुमार कट्टेल, कर्मचारीहरू रेखा बास्तोला, कविता राउत र निशान्त भट्टराई लगायतको उपस्थितिमा विमा रकम हस्तान्तरण रहेको थियो।

कार्यक्रममा शाखा प्रबन्धक कट्टेलले संस्थाले बचत तथा ऋण सेवासँगै विप्रेषण सेवा, व्यवसायमूलक तालिम तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। यस्ता सेवाले सदस्यहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उहाँको भनाइ थियो।

वडा अध्यक्ष राजकुमार दनुवार तथा उपस्थित अभिभावकहरूले संस्थाले उपलब्ध गराउँदै आएको बीमा लगायतका सेवा–सुविधाले विपत्तिको समयमा सदस्य परिवारलाई ठूलो राहत पुगेको उल्लेख गर्दै संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

बीमा दाबी रकम हस्तान्तरणसँगै संस्थाले सदस्यहरूको सुख–दुःखमा साथ दिने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको सहभागीहरूले बताएका छन्।

Last updated:2026 Jun 29 Monday 11:03:52

प्रतिक्रिया
सम्बन्धित समाचार