उपहार न्यूज उदयपुर, असार १२ — लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस २०२६ को अवसरमा उदयपुरमा सचेतनामूलक र्याली तथा समापन कार्यक्रम सम्पन्न भएको छ।
“लागुऔषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नेपाल प्रहरी, जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, सामाजिक संघसंस्था, पत्रकार, बिद्यार्थी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकाती मेखबहादुर मग्रातीले अभियान निरन्तर चलिरहने प्रक्रिया रहेकाले यसलाइ आगामी दिनमा पनि जारी राख्नु पर्ने बताउनु भयो ।
सहभागीहरूले लागुऔषधविरुद्ध जनचेतना फैलाउने सन्देश लेखिएका प्लेकार्ड र ब्यानर बोकेर नगर क्षेत्रमा र्याली निकालेका थिए। कार्यक्रममा लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि समुदाय, परिवार, विद्यालय तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
असार ६ गतेदेखि १२ गतेसम्म सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमको समापन असार १२ गते गरिएको कार्यक्रम जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजनामा सम्पन्न भएको हो ।
समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुर, शिक्षा विकास तथा समन्वय इकाइ उदयपुर, त्रियुगा नगरपालिका, गैरसरस महासंघ उदयपुर, जिल्ला उद्योग वाणिज्य संघ उदयपुर लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वय तथा सहकार्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै गैसस महासघ उदयपुरका अध्यक्ष सिर्जना पौडेलले लागुऔषधमुक्त समाज निर्माणका लागि सबै पक्षको साझा प्रतिबद्धता, जनचेतना अभिवृद्धि र युवापुस्तालाई सकारात्मक गतिविधितर्फ उन्मुख गराउनु आजको आवश्यकता रहेको बताउनु भयो ।