Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

स्वर्गीय लालशेर राई स्मृति मेयर कपको उपाधि १० नम्बर वडालाई

  • उपहार न्यूज
  • बिहिबार, माघ १७ २०८१
स्वर्गीय लालशेर राई स्मृति मेयर कपको उपाधि १० नम्बर वडालाई

बिजय कुमार राई
उदयपुर, माघ १७ ।
जिल्लाको सदरमुकाम गाईघाटमा आयोजित त्रियुगा नगर स्तरीय स्वर्गीय लालशेर राई स्मृति २४ औँ मेयर कप फुटबल प्रतियोगिता २०८१ को उपाधि वडा नं. १० बोक्लेले चुमेको छ । बिहिवार गाईघाटको थरुहट रंगशालामा सम्पन्न फाइनलमा बोक्सेले वडा नं. १२ डिएमगेटलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो हाफको निर्धारीत समय सम्म पनि दुवै टिमबाट कुनै पनि गोल हुन सकेको थिएन । यता दोस्रो हाफको सुरुवती ३७ औँ र ४७ आँै मिनेटमा बोक्सेका तर्फबाट जर्सि नं. १० का खेलाडी अर्जुन मगरले व्यक्तिगत २ गोल गर्दै टिमलाई अग्रता दिलाए भने वडा नम्बर १० का लागि जर्सी नं. १४ का सनम राई र जर्सि नं. ७ का लक्की राईले समान १–१ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
यता वडा नं. १२ को तर्फबाट भने रविसंकर चौधरीले खेलको ६६ औँ मिनटमा १ गोल गर्दैै टिमलाई सान्तवना दिलाएका थिए । फाइनल खेलको म्यान अफ द म्याचको उपाधि १० नं. वडा बोक्सेका दिपक मगर घोषित भए । उनलाई पुरस्कार स्वरूप १ हजार नगद प्रदान गरियो ।
गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा गत ९ गते बाट सुरु भएको प्रतियोगितामा विजेताले नगद ५० हजार साथ ट्रफि, मेडर र प्रमाणपत्र प्राप्त गरेको छ । उप–विजेता त्रियुगा नगरपालिका १२ ले ३० हजार नगद र प्रमाणपत्र प्रदान गरियो ।
समापन समारोहमा त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले विजेता टिम र खेलाडीहरुलाई नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा विधागत विजेता पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीको उपाधि १० नम्बर वडाका सनम राईले प्राप्त गरे, उनलाई ३ हजार नगर सहित सम्मन गरिएको थियो ।
यस्तै सर्वोेकृष्ट गोलरक्षकको उपाधि १० कै उमेश थापा भए भने बेस्ट डिफेन्स १२ नम्बरका जर्सि नं. ५का खेलाडि युवराज थापा भए भने वडा १२ कै जर्सी नं.४का खेलाडि अनुराग चौधरी बेस्ट डिफेन्स प्राप्त गरे । सर्वाधिक गोलकर्ताको उपाधि त्रिनपा १० का जर्सी नं. १६ का अर्जुन कुमार मगरले पाए । यस्तै १० नम्बर वडाकै दिपेन्द्र दाहालले बेस्ट कोचको उपाधिबाट पुरस्कृत भए । विधागत खेलाडीलाई लाई जनही २ हजारका दरले पुरस्कार प्रदान गरियो ।
त्रियुगाका संस्थापक नगरप्रमुख स्वर्गीय लालशेर राईको २४ औँ स्मृति दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो । त्रियुगा नगर खेलकुद विकास समितिको संयोजन, त्रियुगा नगरपालिकाको मुख्य प्रायोजन र जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा सम्पन्न प्रतियोगितामा त्रियुगाका १६ मध्ये १४ वटा वडाका खेलाडी समूहको सहभागिता रहेको आयोजक जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रञ्जन कार्कीले बताए ।
प्रतियोगीताको प्रथम पुरस्कारको प्रायोजन स्वर्गीय लालशेर राईका छोरा लालीगुरास बोर्डिङका संचालक समिप राईले गर्नु भएको थियो । कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डे, ११ का अध्यक्ष सुमन्त कोइराला, वडा नम्बर ९ का अध्यक्ष राजकुमार दनुवार, वडा नम्बर १२ का अध्यक्ष नविन राई, त्रियुगा नगर युवा खेलकुद विकास समितिका अध्यक्ष विजय सिंह, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष सागर नेपाल, पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष विश्वराज तामाङ, उदयपुर कलाकार समाजका अध्यक्ष असोक शिवा लगायत जनप्रनिधिहरु समापन कार्यक्रममा अतिथिको रुपमा उपस्तिथ रहेका थिए समापन कार्यक्रम किरण कार्कीले संचालन गर्नु भएको थियो ।

Last updated:2025 Jan 30 Thursday 14:15:22

प्रतिक्रिया
सम्बन्धित समाचार