उपहार न्यूज
बाहुनीटार पौष २२
उदयपुरगढी गाउँपालिका १ बाहुनीटारमा सोमबार देखि गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । धुवाजन मावि बाहुनीटारको आयोजना तथा उदयपुरगढी गाउँपालिकाको संयोजनमा सुरु भएको प्रतियोगीतामा गाउँपालिका भरीका १६ विद्यालयका छात्र छात्राहरुले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगीतामा विद्यार्थीहरुले भलिवल, एथलेटिक्सका विभिन्न खेलहरु, छेलो हान्ने लगायतका प्रतियोगीतामा प्रतिस्पर्धा गर्ने उदयपुरगढी गाउँपालिका शिक्षा शाखाका प्राविधिक साहयक बविन राईले जानकारी दिनु भयो ।
प्रतियोगीताको उद्घाटन एक समारोहका विच गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकी मगरले गर्नु भएको थियो । उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष ममर सहित उपाध्यक्ष जितबहादुुर खड्का, प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाई, विभिन्न वडाका वडाअध्यक्षहरु, गाउँपालिका प्रवक्ता सहेक विश्वकर्मा, कार्यपालिका सदस्यहरु, विद्यालयका प्रअहरु, पत्रकार, स्थानिय समाजसेवी लगायतको उपस्तिथी रहेको थियो ।