उपहार न्यूज
उदयपुर पौष १६
उदयपुरको गाईघाटमा सोमबार वृहत संगीत सभा कार्यक्रमको आयोजना गरियो तीन तले संगीत विद्यालय कटारीको आयोजनामा प्रत्येक बर्ष हुदै आएको संगीत सभा अन्तर्गत यस बर्ष उदयपुर सदरमुकाम गाईघाटमा संगीत सभाको आयोजना गरिएको हो ।
परिवर्तनको लागि संगीत भन्ने मुल नाराका साथ उदयपुरको कटारी तीन तले, कटारी र गाईघाटमा नियमित रुपमा संचालन हुदै आएको संगीत विद्यालयले तीनै स्थानमा नियमित संगीत सिक्दै आएका बालबालिकाहरुलाई समावेश गरेर संगीत सभाको आयोजना गरेको तीन तले संगीत विद्यालय अन्तर्गत संचालित त्रियुगा संगीत विद्यालयका प्रमुख प्रशिक्षक शैलेन्द्र खतिवडाले बताउनु भयो ।
२०७८ सालमा स्थापना भए संगै तीन तले संगीत विद्यालयले चार सय ५० भन्दा बढि बालबालिकाहरुलाई निःशुल्क बाद्य बाधन, संगीत र नृत्य निःशुल्क प्रशिक्षण गरी रहेको तीन तले संगीत विद्यालयका प्रमुख व्यवस्थापक श्याम बस्नेतले बताउनु भयो ।
सोमबार आयोजित कार्यक्रममा बालबालिकाहरुले विभिन्न बाद्य बाधन, नृत्य, गायन प्रस्तुत गरेका थिए । बालबालिकाहरुलाई उदयपुरमा संचालित तीन संगीत प्रशिक्षण केन्द्र मार्फत हार्मोनिमय, तबला, मादल, बासुरी, गीतार, किवोर्ड प्रशिक्षण दिईदै आएको छ । त्यसैगरी नृत्य र गायन समेतको नियमित प्रशिक्षण दिईदै आएको तीन तले संगी विद्यालयका अध्यक्ष रंगमान तामाङले बताउनु भयो ।
त्रिनपा ३ मोतिगडा स्थित होटल इम्पायर इनमा आयोजित कार्यक्रममा बालबालिकाहरुको प्रस्तुती हेर्नका लागि त्रियुगा नगर प्रमुख बसन्तकुमार बस्नेत, रौतामाई गाउपालिका अध्यक्ष वीरेन्द्र बहादुर मगर, बरिष्ठ संगीतकार बुलु मुकारुङ सहित स्थानिय समाजसवेवी, शिक्षक, पत्रकार, राजनितिकर्मी, कर्मचारी लगायतको उपस्तिथी रहेको थियो । कार्यक्रमका सहभागी अतिथिहरुले बालबालिकाहरुको प्रस्तुतीको प्रशंसा गर्नु भएको थियो, सहभागी अतिथिहरुले नेपाली बाद्य बाधनको प्रयोगमा कमी आउदै गरेको अबस्थामा नयाँ पुस्ताका बालबालिकाहरुलाई यस किसिमको प्रशिक्षण र कार्यक्रमले हौसला मिल्ने भएकाले यसलाई निरन्तरता दिईनु पर्नेमा जोड दिएका थिए ।