Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

त्रियुगामा तेस्रो मेयर रनिङ शिल्ड सुरु

  • उपहार न्यूज
  • बिहिबार, पुष ११ २०८१
त्रियुगामा तेस्रो मेयर रनिङ शिल्ड सुरु

उपहार न्यूज
उदयपुर पौष ११
विद्यालय स्तरका बालबालिकाहरुको खेल प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ त्रियुगा नगरपालिाका युवा तथा खेलकुद विकास समितिको आयोजनामा तेस्रो मेयर रनिङ शिल्ड प्रतियागीता सुरु भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड छनौट समेत गरिने प्रतियोगीताको उद्घाटन बिहिबार एक कार्यक्रमका विच त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेतल गर्नु भएको छ ।
त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरीस्थित जनता माध्यमिक विद्यालयको खेलकुद मैदानमा आयोजित प्रतियोगिताको पहिलो दिन तीन विधाका खेलहरू सम्पन्न भएका छन् । युवा तथा खेलकुद विकास समिति त्रियुगा नगरपालिकाका अध्यक्ष विजय सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख बस्नेत, सहित उपप्रमुख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरे, प्रहरी उपरिक्षक हरिहरनाथ योगी, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पत्रकार लगायतको उपस्तिथ रहेको थियो ।
प्रतियोगीता अन्तर्गत पहिलो दिन १५ किलोमिटर दौड, कबड्डी र भलिबल खेल सञ्चालन भएको छ । पुरुषतर्फको १५ किलोमिटर दौडमा जनता माध्यमिक विद्यालय श्रीपुरका सोनम परियार प्रथम भएका छन् । जनता माध्यमिक विद्यालय दमौटीका अगम बहादुर वानिया दोस्रो र जनज्योति माध्यमिक विद्यालय चुहाडका बसन्त दनुवार तेस्रो भएका छन् । महिलातर्फको १५ किलोमिटर दौडमा प्याराडाइज अंग्रेजी बोर्डिङका चिना राईले प्रथम स्थान हासिल गरेकी छन् । बालमन्दिर माध्यमिक विद्यालयकी पवित्रा कटुवाल दोस्रो र त्रियुगा माध्यमिक विद्यालयकी यमुना परियार तेस्रो भएकी छन् । महिला र पुरुष दुवै वर्गको कबड्डी र भलिबल खेलको फाइनल नतिजा आईसकेको छैन् । यस खेलको नतिजा भोली आएपछि तेक्वादो र कराते खेल खेलाईने आयोजकले जनाएको छ । यसअघि सम्पन्न भएका सांस्कृतिक तथा अन्य कार्यक्रमहरूको अंक पनि जोडेर विजेता टोली छनोट गरिने छ । नगरपालिका क्षेत्रभित्रका ३७ वटा सामुदायिक र संस्थागत विद्यालयहरू सहभागी भएको यो प्रतियोगिता पुष १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

Last updated:2024 Dec 26 Thursday 14:05:19

प्रतिक्रिया
सम्बन्धित समाचार