Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

उदयपुरको साउनेमा खेलकुद सप्ताह सुरु, १४ बिधामा प्रतिस्पर्धा हुने

  • उपहार न्यूज
  • बिहिबार, पुष ११ २०८१
उदयपुरको साउनेमा खेलकुद सप्ताह सुरु, १४ बिधामा प्रतिस्पर्धा हुने

विजय राई
-उदयपुर, पुस ११ ।
राष्ट्रको लागि खेल्कुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा वार्षिक खेलकुद सप्ताह सुरु भएको छ । मंगलबारदेखि साउनेस्थित नयाँबजार खेल मैदानमा सुरु खेल पुस १४ गते सम्म संचालन हुने भएको हो ।

प्रतियोगितामा विभिन्न १४ बिधाका खेलहरु दैनिक सन्चालन हुने आयोजक मावि साउनेका प्रधानाध्यापक जानुका ठकुरीको भनाई छ । उद्घाटन कार्यक्रममा बोल्दै पूर्ववडाध्यक्ष कुरुङ राईले प्रत्येक वर्ष हुने विद्यालयस्तरीय खेल्कुद सप्ताहलाई निरन्तरता दिनुपर्ने बताए । खेलकुद क्षेत्रमार्फत बालबालिकाको सर्वाङगीण विकासमा टेवा पुग्ने भएकाले अभिभावकहरुले पनि खेलकुद क्षेत्रमा बालबालिकालाई लाग्न प्रोत्साहित गर्नुपर्ने राईको भनाई छ ।

यस्तै वडाध्यक्ष हिमराज मगरले वार्षिक खेलकुद सप्ताहमार्फत विद्यालयमा अतिरिक्त क्षमताको समेत विकासमा टेवा पुग्ने बताए । शिक्षा र स्वास्थ्य तथा बालबालिकाको क्षेत्रमा वडा कार्यालयले गर्ने सहयोग जारी रहने उनको प्रतिबद्धता थियो । खेलमा सहभागीहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि वडा कार्यालयले समन्वय गरेको हो ।

Last updated:2024 Dec 26 Thursday 14:08:59

प्रतिक्रिया
सम्बन्धित समाचार