Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

गौघाटग्रीन रनको उपाधिविजय र विनिसालाई

  • उपहार न्यूज
  • शनिबार, कार्तिक २४ २०८१
गौघाटग्रीन रनको उपाधिविजय र विनिसालाई

काठमाडौं । पर्यावरण सम्बन्धिजनचेतनाजगाउने उद्धेश्यले बाँकेको खजुरामाआयोजितगौघाटग्रीन रन रोड रेसमाजनतानमुनाउच्चमाविकाविजयखड्का र अमर माविकाविनिसाएलजीले उपाधिजितेका छन् । शनिबार भएको दौडमाछात्रतर्फ ज्ञानोदयनमुनामाविकका खगेन्द्र भण्डारी द्वितीय र जनतामाविकै हेमन्तखत्री तृतीयभए । छात्रातर्फ अमर माविकै विनितापुलामी मगर दोस्रो र जनताकै ऋतु बिष्ट तृतीयभए । धारा नेपालगन्जम्याराथनको दशकयात्राकाअवसरमा आयोजित’दस बर्षमा दस इभेन्ट’अन्तर्गत खजुराको गौघाटमाग्रीन रन आयोजना गरिएको हो ।
दौडमापहिलो, दोस्रो र तेस्रो स्थानहासिल गर्ने खेलाडीलाई नगदपाँचहजार, तीनहजार र दुई हजार, ट्रफीले पुरस्कृत गरियो । लुम्बिनीप्रदेश सभा सदस्य रत्नखत्री, समाजसेवी कृष्णमानश्रेष्ठ, वडा सदस्यलक्ष्यबहादुर ओली, नेपालगन्जम्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङ, आउटरिच म्यानेजर चाहनाशाह, लुम्बिनी खेलकुद परिषदका सदस्यडिबीतामाङले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरे ।जलवायु परिवर्तनका कारणपर्यावरणमा देखिएको विश्वव्यापी संकटकाबारेमा विद्यार्थीलाई दौडमार्फत जागरण फैलाउन दौड आयोजना गरिएको नेपालगन्जम्याराथनका संस्थापकटीएस ठकुरीले जानकारी दिए ।’फिल द ग्रिनइनयु’ नारा सहितभएको ग्रीन रनको उदघाटनगर्दै प्रदेश सभा सदस्य रत्नखत्रीले विद्यार्थीमाझजानग्रीन रन रचनात्मककार्य भएको बताउँदै प्रदेश खेलकुद परिषद्ले फरक खालको दौड प्रतियोगितालाई बार्षिक क्यालेन्डरमा समावेश गरि निरन्तरताको आधार तयार गर्ने प्रतिबद्धताजनाए ।
नेपालगन्जम्याराथनको दस बर्षमा दस इभेन्टअन्तर्गत असोज ३ गते नेपालमापहिलोपटक रात्री दौड नेपालगन्ज १० के, राप्तीसोनारी रन आयोजना गरिसकेको छ ।

Last updated:2024 Nov 09 Saturday 09:05:21

प्रतिक्रिया
सम्बन्धित समाचार