Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कुशलको कीर्तिमानतोडेका लोफ्टी–इटनचितवनमा

  • उपहार न्यूज
  • मंगलबार, कार्तिक २० २०८१
कुशलको कीर्तिमानतोडेका लोफ्टी–इटनचितवनमा

काठमाडौं। चितवन राइनोजले नेपालप्रिमियर लिग (एनपिएल) को आगामीसिजनकालागिजाननिकोल लोफ्टी–इटनलाई अनुबन्ध गरेको छ ।
चितवनमेडिकलकलेजको स्वामित्वमारहेको चितवन राइनोजमाअनुबन्धहुने लोफ्टी चौथो विदेशी खेलाडीहुन् । यसअघिचितवनलेमर्रस्यन्टडील्याङ्गा, ल्यूकमार्टिन बेनकेन्स्टाइन र हसनइसाखिललाई अनुबन्धगरिसकेको छ । बायाँहाते २३ वर्षीय ब्याट्सम्यानले गतफ्रेबुअरीमाटी–ट्वेन्टीआईमा सबैभन्दाछिटो शतकको कीर्तिमानबनाएकाथिए (अहिले सबैभन्दाछिटो शतकबनाउने सूचीमाउनीदोस्रो स्थानमाछन्) । नेपालमाभएको घरेलु टोली, नामिबिया र नेदरल्यान्ड्स सम्मिलितत्रिदेशीय शृंखलाको उद्घाटन खेलमाउनले सो कोसेढुङ्गापार गरेका हुन् । कीर्तिपुरस्थितत्रिविक्रिकेट मैदानमा घरेलु टोली नेपालविरुद्ध खेल्दै उनले ३३ बलमाशतकबनाएकाथिए । एकबल कमखेल्दै उनले नेपालीअलराउन्डर कुशलमल्लको (हाल सबैभन्दाछिटो शतकबनाउने सूचीमाचौथो स्थानमा) कीर्तिमानतोडेका हुन् । कुशलले गतवर्ष चीनको हन्झाउमाभएको१९औं एसियाली खेलकुदप्रतियोगितामामंगोलियाविरुद्ध ३४ वर्षमा शतक पूरा गरेका थिए । दुवैले चितवन राइनोजबाटएनपीएल खेल्नेछन् ।चितवन राइनोजमाअनुबन्धहुनपाउँदालोफ्टी–इटने खुसीव्यक्त गरेका छन् । ।।।त्रिविक्रिकेट मैदानको सम्झना मेरो हृदयमा कोरिएको छ । यो मैदानले मलाई टी–ट्वेन्टीक्रिकेटको सबैभन्दाअविस्मरणीय इनिब्स खेल्ने अवसर दिएको छ । अब नेपालीक्रिकेट समर्थककाअगाडिचितवन राइनोजबाटत्यस्तै प्रदर्शन गर्ने समय आएको छ ।’ उनले भने ।चितवन राइनोजकाप्रबन्धनिर्देशकआयुषन्यौपानेले लोफ्टी(इटन र मल्ल एकै टोलीमाभएको कारणएनपिएलथप रोमाञ्चकहुने विश्वास व्यक्त गरे । नेपालीक्रिकेटसमर्थकहरूले उनलाई गतसिजनत्रिवि मैदानमाकुशलको कीर्तिमानतोडेको देखेका थिए । अबदुवै धुरन्धर खेलाडीएउटै टोलीबाट खेल्नेछन् । आफ्नो सिटबेल्टबाँध्नुहोस् ’उनले भने ।

Last updated:2024 Nov 05 Tuesday 11:06:02

प्रतिक्रिया
सम्बन्धित समाचार