Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

त्रियुगा नगरपालिका १० मा वडा स्तरीय फुटवल सुरु

  • उपहार न्यूज
  • बिहिबार, असोज ९ २०७६
त्रियुगा नगरपालिका १० मा वडा स्तरीय फुटवल सुरु

उपहार न्यूज
उदयपुर असोज ९
मौसम खराबीका विच त्रियुगा नगरपालिका वडा नम्बर १० मा बिहिबारबाट त्रियुगा नगरपालिका स्तरीय फुटवल प्रतियोगीता सुरु भएको छ । प्रतियोगीताको उद्घाटन खेलमा आयोजक त्रियुगा नगरपालिका वडा नम्बर १० लाई चार दुई गोल अन्तरले पराजित गर्दै वडा नम्बर १३ ले विजयी सुरुवात गरेको छ ।
प्रतियोेगीतामा वडा नम्बर १३ को लागि दिपेश भुजेलले दुई गोल, आयुस गुप्ता र संजय गुरुगले एक एक गोल गरेका थए । यता आयोजक वडा नम्बर १० को लागि अरुण राई र अनमोल राईले दुई गोल गरेका छन् ।
प्रतियोगीताको शुक्रबारको खेल त्रियुगा नगरपालिका वडा नम्बर ३ र वडा नम्बर ९ विच हुने छ । त्रियुगा नगरपालिका १० बोक्से स्थित नयाँ बस्तीमा आयोजना भएको प्रतियोगीता वडा स्तरीय खेलकुद विकास समितिको आयोजनामा भएको हो । प्रतियोगीताको प्रथम हुने टोलीलाई प्रथम पुरस्कार २५ हजार र दोस्रो लाई १५ हजार रहेको आयोजक समितिका रुपेश मगरले जानकारी दिनु भयो, प्रतियोगीता आगामी असोज १५ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।
प्रदेश सभा सदस्य हिमाल कार्कीको प्रमुख आतिथ्यतामा उद्घाटन हुने भनिएको प्रतियोगीताको औपचारिक उद्घाटन भने मौसम खराबीका कारण हुन सकेन । प्रतियोगीताको औपचारिक उद्घाटन मौसम अनुकुलता हुने भए पछि आयोजना गरिने आयोजकले जनाएका छ । प्रतियोगीताको खेल तालिका भने पूर्वनिर्धारित रहेकाले प्रतियोगीताभने औपचारिक रुपमा संचालन गरेको आयोजकले जनाएको छ । त्रियुगा एक्सप्रेस दैनिकबाट

Last updated:2019 Sep 26 Thursday 13:17:02

प्रतिक्रिया
सम्बन्धित समाचार