Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

विश्वकपलिग–टू ः आज स्कटल्याण्ड र नेपालबीचप्रतिस्पर्धा

  • उपहार न्यूज
  • मंगलबार, कार्तिक १३ २०८१
विश्वकपलिग–टू ः आज स्कटल्याण्ड र नेपालबीचप्रतिस्पर्धा

काठमाडौं । आइसिसी विश्वकपलिग टूमामंगलबार नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रेरी रंगशामाहुने खेलआज साँझसवा ९ बजेदेखि सुरु हुनेछ । नेपालले आज खेल्न लागेको लिग–२ को दसौं खेल हो । अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजितभएको छ। नेदरल्याण्ड्सलाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो। त्यसयतालिग–२ को खेलमा नेपालजितबिहीन छ। लिग–२ खेल्ने आठ देशमध्ये नेपालअंकतालिकामा सातौं स्थानमा छ।अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले २८६ रन बनाउँदापनिआइतबार पराजितहुनपुगेको थियो ।
स्कटल्याण्डसँग पछिल्लो पाँच भेटमा नेपालले २ जित र ३ हारको नतिजानिकालेको छ । यसअघि अघिल्लो वर्ष लिग–२ कै त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु मैदानमा स्कटल्याण्डलाई दुवै खेलमा पराजित गरेको थियो । अमेरिकामै लिग–२ खेल्नुअघि नेपालले घरेलु टोलीसँग टी–२० सिरिज खेलेको थियो। त्यतिबेलानेपालले सिरिज क्लिन स्विप गरेको थियो। लिग–२को खेलमाभने नेपाल २ विकेटले पराजित हुन पुगेको हो ।

Last updated:2024 Oct 29 Tuesday 08:13:18

प्रतिक्रिया
सम्बन्धित समाचार