उपहार न्यूज
उदयपुर असोज ९
नजिकिदो चाडपर्वमा सुरक्षा प्रति संवेशनशिल हुनको लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बीर बहादुर बुढा मगरले उदयपुर जिल्लाका नागरिकहरुलाई आग्रह गर्नु भएको छ । चाड पर्व लक्षित प्रहरी र स्थानिय प्रशासनले पनि कार्य योजना सार्वजनिक गरिएको भन्दै उहाँले नागरिक आफैमा पनि यस समयमा सचेत हुनु पर्नेमा जोड दिनु भयो । उहाँले विभिन्न क्षेत्रमा उदयपुरबाट यात्रा गर्ने यात्रुहरुको साहयताको लागि शुक्रबारबाट उदयपुरको गाईघाट र कटारीमा प्रहरीको सहभागीतामा यात्रु साहयता कक्ष स्थापना गरेर संचालन गर्ने योजना रहेको समेत जानकारी दिनु भयो ।
प्रहरी प्रमुख मगरले बिहिबार गाईघाटमा पूर्व प्रहरी संगठन उदयपुर आबद्ध सदस्य कृष्ण नेपालीले संचालनमा ल्याउन लागेका पाथिभरा तालिम केन्द्रको उदघाटनको क्रममा यस्तो बताउनु भएको हो । पूर्व प्रहरी कृष्ण नेपालीको सक्रियतामा नेपाल प्रहरी, नेपाली सेना लगायतमा भर्ना हुन चाहाने युवा युवतीको लागि लक्षित गदै सुरक्षा निकायमा भर्ना हुनको लागि शारीरिक तथा शैक्षिक ज्ञान दिने उद्देश्यका साथ स्थापना गरिएको तालिम केन्द्रको प्रमुख मगरले एक कार्यक्रमका विच बिहिबार उद्घाटन गर्नु भएको हो ।
कार्यक्रमका सहभागी अतिथिहरुले गाईघाटमानै तालिम केन्द्र संचालनमा आए सुरक्षा सेवामा प्रवेश गर्न चाहाने युवाहरुको लागि पूर्व तालिमको अबसर पाउने प्रति खुसी व्यक्त गरेका थिए । पछिल्लो समय युवाहरु लागुऔषध दुव्र्यसनीमा फस्दै गएको यवा शक्तिलाई सहभागी गराएर सुरु हुने यस किसिमको तालिमले सुरक्षा निकाय प्रवेशको लागि मात्रै नभएर एक सक्षम नागरिक निर्माणको लागि पनि महत्वपूर्ण भुमिका खेल्ने औल्याएका थिए । सुरक्षा निकायमा भती हुनका लागि युवाहरुको चाहाना हुदा हुदै पनि कतिपय अबस्थामा पूर्व तयारी नपुग्दा भर्ना हुन नसक्ने अबस्थालाई अन्त गर्नका लागि तालिम केन्द्रले महत्वपूर्ण भुमिका खेल्ने सहभागीहरुले बताएका थिए । पूर्व प्रहरी संगठन उदयपुरका अध्यक्ष डोरनाथ ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार विश्वराज तामाङ, अधिकारकर्मी नजवुल खान, सुमन परियार, संचारकर्मी टम्पसेर राई, पूर्व प्रहरी संगठनका सल्लाहकार ज्ञान बहादुर बस्नेत, पूर्व प्रहरी होम बहादुर थापा, जन्तेढुंगा मावि खोटागका प्रध्यानध्यापक राजेश्वर राई लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो । त्रियुगा एक्सप्रेस दैनिकबाट