उपहार न्यूज
उदयपुर असोज ९
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा उदयपुरको आयोजनामा बिहिबारबाटे विपद व्यवस्थापन सूचना प्रणाली संबन्धि तीन दिने तालिम सुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी उदयपुरमा संचालित तयारी परियोजनाको आयोजनामा तालिम सुरु भएको हो ।
गाईघाट स्थित होटल हिमालयमा एक कार्यक्रमका विच तालिम सुरु भएको हो, तालिमको उद्घाटनमा बोल्दै उदयपुरमा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष ध्रुब बहादुर खड्काले जिल्लामा विपदको समयमा सहि सूचना प्राप्त गर्नका लागि जनशक्ति नहुदाँ राहात र उद्धार कार्यमा कठिनाई भोग्दै आउनु परेको विद्यमान समस्या रहेकाले तालिमबाट दक्ष जनशक्ति उत्पादन हुने प्रति आशा व्यक्त गर्नु भयो ।

पछिल्लो समय नेपाल सरकार गृह मन्त्रालयबाट जारी भएको द्रुत सूचना प्रणालीको बिषयमा जानकारी गराउने र संभावित विपदका घटनामा वास्तविक पिडित समक्ष राज्य निकायबाट राहत पु¥याउन सहजताको लागि तालिम आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी द्धारा संचालित तयारी परियोजना प्रतिनिधि तथा तालिमका प्रशिक्षक आर्या रेग्मीले जानकारी दिनु भयो ।
तालिममा जिल्ला स्थित सुरक्षा निकाय, आठ वटै स्थानिय तहका प्रतिनिधि र रेडक्रसकर्मीहरुको सहभागीता रहेको छ । जिल्लामा आईपर्ने विपदको समयमा सहि र सत्य सूचना संकलनको लागि स्वयंमसेवी जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी उदयपुर शाखाका सभापती विनोदकुमार बस्नेतले जानकारी दिनु भयो ।
विगतमा उदयपुरमा हुने विभिन्न किसिमको विपदबाट पिडितहरुको समयमा सहि र सत्य तथ्यांक नआउदाँ राहात तथा उद्धारका लागि समस्या सृजना हुने गरेको अबस्थालाई तालिम पश्चात कमी आउने आशा राखिएको सभापती बस्नेतले बताउनु भयो ।
तालिमको सहजीकरण आर्या रेग्मी र दिपक दवाडिले गर्नु हुने छ, गाईघाट स्थित हिमालय होटलमा सुरु भएको तालिम शनिवार सम्म संचालन हुने छ । तालिमको उद्घाटन शत्रमा रेडक्रस उदयपुरका मन्त्री सुभाष श्रेष्ठले स्वागत गर्नु भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक बीर बहादुर बुढामगर र शसस्त्र प्रहरी उपरिक्षक गार्धन राईको समेत उपस्तिथी रहेको थियो । त्रियुगा एक्सप्रेस दैनिकबाट