उपहार न्यूज
उदयपुर कात्तिक ९
उदयपुरमा रहेको मदन भण्डारी आँखा अस्पताललाई सानिमा बैंक र सानिमा रिलाइन्स लाईफ ईन्सरोन्सले तीस लाख बराबरको सहयोगमा भौतिक संरचना निर्माणमा सहयोग गरेको छ ।
बैंक र इन्सोरेन्सले सामाजिक उत्तरदायीत्व अन्तर्गत आँखा अस्पताल परिसरमा छुट्टा छुट्टै लागतमा चमेना गृह र ¥याम्प (अपांगतामैत्री भ¥याङ) निर्माणमा सहयोग गरेको बिहिबार पत्रकार सम्मेलन गर्दै अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिनु भयो ।
उदयपुर संगै छिमेकी जिल्लाका नागरिकहरुलाई आँखा उपचारमा सहयोग पु¥याउनको लागि भन्दै स्थापना भएको अस्पताल परिसरमा सानिमा बैंकले १५ लाख बराबरको सहयोगमा ¥याम्प र सानिमा रिलाईन्स लाईफ ईन्सोरेन्सको सहयोगमा १५ लाख बराबरको चमेनागृह निर्माणमा सहयोग गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै अस्पताल अध्यक्ष राउतले सहयोगी दुवै संस्थालाई धन्यवाद ज्ञापन गर्नु भयो । उदयपुरमा युवा समाजसेवी भागवत राउतको नेतृत्व तथा सक्रियतामा २०६० सालमा स्थापना भएको नेपाल नेत्र ज्योती संघ उदयपुरले सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा २०६५ साल देखि प्राथमिक तहको आँखा उपचार सेवा प्रारम्भ गरेको थियो ।
आँखा उपचार केन्द्रबाट हाल सम्म दुई लाख ९ हजार ८ सय २५ जनाले प्रत्यक्ष सेवा लिएका छन् जस मध्य एक लाख १४ हजार ४६ जना महिला र ९५ हजार ७ सय ६९ पुरुषले हाल सम्म सेवा लिएका छन् । यता मदन भण्डारी आँखा अस्पताल संचालनमा आए पछि पछिल्लो समय निःशुल्क शिविर मार्फत ७७० जनाले प्रत्यक्ष सेवा प्राप्त गरेका छन् । यता मदन भण्डारी आँखा अस्पतालले बालबालिकको आँखाको संवेदनशिलतालाई ध्यानमा राख्दै बार्षिक रुपमा १५ विद्यालयमा आँखा जाँच गर्ने, विभिन्न स्थानमा शिविरको आयोजना गर्ने, समुदाय स्तरमा सिधा सम्पर्क र पहुच भएका ६५ जना स्वास्थ्य स्वमसेविकालाई आँखा उपचार र जाँच संबन्धि सचेतनामुलक तालिम प्रदान गर्ने लगायतको योजना रहेको अध्यक्ष राउतले बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै सानिमा बैंक गाईघाटका शाखा प्रबन्धक लिल मगरले सानिमा बैंकले सामाजिक उत्तरदायीत्व वहन गर्ने क्रममा यस किसिमका कार्यक्रमहरु निरन्तर संचालन गर्दै आएको बताउनु भयो । उहाँले शाखा स्थापना भए देखिनै बैंकको निति अनुसार बार्षिक रुपमा दुई जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्यायन गर्नका लागि एक लाख रुपैयाको दरले छात्रवृत्ति प्रदान गर्दै आएको समेत जानकारी दिनु भयो ।
कार्यक्रममा सानिमा बैंक गाईघाटका अप्रेशन इन्चार्ज रोशना कट्टेल, सानिमा रिलाईन्सका रिजनल म्यानेजर जयदेव गौतम लगायतको उपस्तिथी रहेको थियो ।
