काठमाडौं। गृह मन्त्रालयललेअतिभारी बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायतविपद्का घटनामा परी मृत्यु भएका परिवारलाई आर्थिक सहायताउपलब्ध गराएको छ ।
गतअसोजको दोस्रो साताआएको विपदमा परी ज्यानगुमाएका मृतकका परिवारलाई आर्थिक सहायता स्वरुपप्रतिव्यक्ति रु दुई लाखका दरले राहत रकमवितरण कार्य अन्तिम चरणमा पुगेको छ ।
हालसम्मयहाँकाप्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकमवितरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयकाप्रवक्ता सहसचिवऋषिरामतिवारीले हालसम्मविपद परी ज्यानगुमाएका २३८ जना मृतकका परिवारलाई आर्थिक सहायतास्वरुप राहत रकमवितरण गरिएको जनकारी दिएकाहुन् ।
गृह मन्त्रालयकाअनुसार सबैभन्दा बढी विपद्का ज्यानगुमाएकाकाभ्रेपलाञ्चोक जिल्लामा७९ जना मृतकका परिवार मध्ये ७८ जनाका परिवारलाई राहत रकमवितरण भइसकेको छ । त्यहाँमृतक १ जनाबालकको कागजीप्रक्रियामा रहेकाले परिवारलाई चाँडै राहत रकमदिइनेछ ।
त्यसैगरी ललितपुरमा मृत्यु भएका ४६ मध्ये ४५ जनाका परिवारलाई रकम हस्तान्तरण गरिएको छ भने एक जनाको हकदार एकिननभएकाले रोकिएको गृह मन्त्रालयले जनाएको छ ।
प्रवक्तातिवारीकाअनुसार काठमाडौंमा १९ जना मतृकका परिवार, भक्तपुरमा चार, झापामा २, पाँचथरमा ७, धनकुटा र उदयपुरमा १÷१, सोलुखुम्बुमा ५, ईलाममा १, ओखलढुंङ्गामा १, महोत्तरीमा २, सप्तरीमा १, सर्लाहीमा ३ र रौतहटमा ४ जना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।
त्यसैगरी गृह मन्त्रालयबाट सिराहामा १, मकवानपुरमा ७, धादिङका ३६, सिन्धुपाल्चोक र दोलखामा७÷७, रामेछापमा १, सिन्धुलीमा ३ र रुपन्देहीमा २ जना मृतकका परिवारलाई राहत स्वरुपआर्थिक सहायताउपलब्ध गराइएको छ ।
विपद्मा परी ज्यानगुमाएकामध्ये १२ जनाका परिवारलाई राहतवितरण कार्य प्रक्रियामा रहेको छ ।
उनले भने, ‘पारिवारिक विवरण एकिननभएको, कागजातमिलाउने पक्रिया, हकदार एकिननभएको, हकदार देशबाहिर रहेकोलगायतकाअवस्थाका मृतकका परिवारलाई मात्रै राहत रकमवितरण गर्न नसकिएको हो ।मृतकका परिवारलाई राहत रकमवितरणमा जिल्लाप्रशासनकार्यालयहरु सक्रिय छन् ।’
विपद् लगत्तै प्रमुखजिल्लाअधिकारीसहितको टोली मृतक परिवारमै पुगेर राहत रकमवितरण गर्दै आएको थियो ।अहिलेसम्म मृतकका परिवारलाई रु ५ करोड ४६ लाख राहत रकमवितरणका भइसकेको छ ।
विपद् लगत्तै गृहमन्त्री रमेश लेखकले मृतकका परिवारलाई राहत रकमवितरण, घाइतेको निःशुल्कउपचार, अवरुद्ध सडक सञ्चालनमा जोड दिनुका साथै लाभग्राहीको विवरण संकलन गरी सहयोग गरिने विषयप्राथमिकतामा राखेका थिए । असोज दोस्रो साताको विपद्मा परी १७७जना घाइते भएकाथिएभने १८ जनाको अवस्थाअझै अज्ञात छ ।
विपद्का बेलानेपाली सेनाको हेलिकप्टर देखि सुरक्षा संयन्त्रप्रभावित क्षेत्रमा खटिएर नागरिकको खोज तथा उद्दार, राहतवितरण र घाइतेको उपचार लगायतको व्यवस्थापनमा खटिएको थियो ।
त्यसैगरी सरकारले विपद् प्रभावितजिल्लाकाप्रभावितपालिकालाई तीनमहिनाकालागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । भने प्रभावितपालिकालाईहरु रु ५० लाखदेखि एक करोडसम्म राहत रकमउपलब्ध गराउने निर्णय समेत गरेको छ ।