उपहार न्यूज
बेलका असोज ९
उदयपुरको बेलका नगरपालिका ५ घुम्ने स्थित कालिखोला पहरे पानी सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष राम बहादुर बिष्टले सामुदायीक वन समिति भित्र चरम आर्थिक अनियमितता गरेको भन्दै स्थानिय उपभोक्ताहरुले डिभिजन वन कार्यालय उदयपुर र जिल्ला प्रशासन कार्यालय उदयपुरमा उजुरी गरेका छन् ।
अध्यक्ष बिष्टले सामुदायीक वन समितिमा विभिन्न शिर्षकमा उपभोक्ताहरुबाट उठेको रकम बैक खाता जम्मा नगरी करिब २२ लाख बढि आर्थिक अनियमितता गरेको र सामुदायीक वनमा जथाभावी वनमा हानी नोक्सानी पु¥याएको उपभोक्ताहरुले आरोप लगाएका छन् ।
सामुदायीक वनको लामो समय देखि साधरण सभा हुन सकेको थिएन पछिल्लो पटक भाद्र १३ गते आयोजित साधरण सभामा समुहको आम्दानी खर्च सार्बजनिक गर्दा अध्यक्ष बिष्टले अपत्यारीलो हिसाब सार्वजनिक गरे पछि उपभोक्ताहरु आक्रोसित भएका थिए ।
सामुदायीक वनको कार्ययोजना विपरित गरिएको खर्च शिर्षक देखिए पछि उपभोक्ताहरुले सामुदायीक वनको आम्दानी खर्च अनुमोदन नगरी छानविनको माग गरेका थिए । स्थानिय उपभोक्ता तिलक कटुवालको संयोजकत्वमा गठन गरिएको लेखा समितिलाई समेत बिष्टले सत्य तथ्य विवरण नदिए पछि उपभोक्ताहरुले डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका हुन् ।
सामुदायीक वनका उपभोक्तालाई समेत काठ वितरण नगरी एक्लौटी ढंगले सामुदायीक वनमा आफै तस्करी देखि वनमा हानी नोक्सानी पुर्याएको भन्दै छानविनको लागि स्थानिय १६८ घरधुरी उपभोक्ताहरुले गत असारमानै डिभिजन वन कार्यालय उदयपुरमा उजुरी गरेका थिए । सामुदायीक वनका अध्यक्षबाट वनमा अवैध रुपमा काठ कटान गरी व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दै आएको र वन हानी नोक्सानी गरेको भन्दै उजुरी गरे पनि कार्वाहि गर्ने निकायले चासो नदेखाउदाँ उपभोक्ताहरु मारमा परेको स्थानिय मोहनलाल गिरीले बताए ।
अध्यक्ष बिष्टले सामुदायीक वनमा हानी नोक्सानी पु¥याएको र आर्थिक अनियमितता गरेको प्रति स्थानियले सामुदायीक वन उपभोक्ता महासंघलाई समेत कार्वाहिको लागि माग गरेका थिए । सामुदायीक वन उपभोक्ता महासंघले सम्पर्कमा आउनका लागि सूचना गर्दा समेत अध्यक्ष बिष्ट अटेर गर्ने गरेकाले संबन्धित निकायमानै कार्वाहिको लागि उजुरी गरिएको सामुदायीक वन उपभोक्ता महासंघ चौदण्डिगढि नगर समितिका अध्यक्ष मनोज तामाङले जानकारी दिनु भयो । अध्यक्ष बिष्टलाई कार्वाहिको माग गर्दै लेखा समिति संयोजक तथा स्थानिय उपभोक्ता तिलक कटुवाल सहितको टोलीले मंगलबा डिभिजन वन कार्यालय उदयपुरका प्रमुख नरेश ठाकुर र प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्कालाई निवेदन दिएका छन् । प्रमुख जिल्ला अधिकारी खड्काले डिभिजन वन कार्यालय संग समन्वय गरेर कानुन बमोजिम कार्वाहि गर्ने आश्वासन दिएको लेखा समिति संयोजक कटुवालले बताए ।
अध्यक्ष बिष्टलाई कार्वाहिको माग गर्दै वेलका नगरपालिका वडा नम्बर ५ का ३ टोल विकास संस्थाले निर्णय गरेर संबन्धित पक्ष संग आग्रह समेत गरेका छन् । त्रियुगा एक्सप्रेस दैनिकबाट