Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

त्रियुगा नगरपालिकाका क्षेत्रका स्वास्थ्यकर्मीलाई २ दिने तालिम सम्पन्न

  • उपहार न्यूज
  • मंगलबार, असोज ७ २०७६
त्रियुगा नगरपालिकाका क्षेत्रका स्वास्थ्यकर्मीलाई २ दिने तालिम सम्पन्न

उपहार न्यूज
उदयपुर असोज ६
त्रियुगा नगरपालिका क्षेत्रका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि आधारभुत स्वास्थ्य आपुर्ति व्यवस्थापन सम्बन्धि २ दिने तालिम आज सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको आयोजना तथा युएनएफपिए र आड्रा नेपालको सहयोगमा आयोजित तालिममा नगर क्षेत्रमा रहेको ६ स्वास्थ्य चौकी र ७ शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।
आपुर्ति व्यवस्थापन सूचना प्रणालीको बिषयमा जानकारी दिने र जनस्तर सम्म स्वास्थ्य पहुच बृद्धि गराउन मद्दत गर्ने उश्यका साथ आयोजित तालिममा प्रशिक्षक उत्सब पोख्रेलले दुई दिन सम्म प्रशिक्षण गर्नु भएको थियो । स्वास्थ्य सेवालाई सबैको पहुचमा बृद्धि गर्दै अघि बढाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको युएनएफपिएका जिल्ला संयोजक केदार रानामगरले जानकारी दिनु भयो ।

Last updated:2019 Sep 24 Tuesday 13:34:59

प्रतिक्रिया
सम्बन्धित समाचार