उपहार न्यूज
उदयपुर असोज
जापानिज रेडक्रस सोसाईटीको सहयोगमा उदयपुर रेडक्रस संगको साझेदारीमा संचालित कार्यक्रमको जापानिज रेडक्रसको एक प्रतिनिधि मण्डलले कार्यक्रम संचालित क्षेत्रको अनुगमन गरेको छ । उदयपुरको चौदण्डिगढि नगरपालिका र कटारी नगरापालिकाको विभिन्न वडामा संचालित कार्यक्रमको बिषयमा जापानिज रेडक्रसको टोलीले भ्रमण गरेको हो । कार्यक्रम संचालित क्षेत्रमा पुगेर भ्रमण गरेको टोली र उदयपुर रेडक्रस विच सोमबार उदयपुरको कटारी कार्यक्रमको बिषयमा जानकारी आदनप्रदान गर्ने उद्देश्यका साथ अन्तरक्रिया कार्याक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी उदयपुरमा संचालित विपद् उत्थानसिल समुदाय निर्माणका लागि सामुदायिक पहल कार्यक्रम कोर्ड दोश्रो चरण कार्यक्रमले चौदण्डिगढि नगरपालिकाको वडा नम्बर ३ र ४ र कटारी नगरपालिका वडा नम्बर १० मा काम गर्दै आएको छ ।
दुई नगरपालिकाको तीन वडामा गरी रेडक्रसको १४ सामुदायीक विपद व्यवस्थापन समिति गठन गरी संचालित कार्यक्रम र प्रभावकारीताको बिषयमा सोमबार जानकारी गराउने उद्देश्यका साथ जानकारी आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
चौदण्डिगढि नगरपालिकाको वडा नम्बर ३ र ४ मा ५ वटा र कटारी नगरपालिकाको वडा नम्बर १० मा ९ वटा गरी १४ सामुदायीक विपद व्यवस्थापन समिति गठन गरीएको छ । समितिले समुदायमा क्षमता अभिबृद्धिको तालिमहरु प्राथमिक उपचार, खोज तथा उद्धार, पुर्व सुचना प्रणली, विपद् जोखिम न्युनिकरण तालिम र अति संकटासन्न समुदायमा खानेपानीको योजना निर्माण, मर्मत सम्भार, जिविकोपार्जन गतिविध सञ्चालन, स्वास्थ्य सरसफाईको गतिविधि र १४ वटै सामुदायिक विपद् व्यवस्थापन समितिमा आपतकालिन कोष स्थापना, खोज तथा उद्धारको सामाग्रीहरु हस्तानतरण गर्दै आइरहेको छ ।
सन् २०१६ देखि २०१९ सम्म कार्यक्रम सञ्चालन हुने कोर्ड कार्यक्रमको जापानिज रेडक्रस सोसाईटी र नेपाल रेडक्रस सोसाईटीलको प्रतिनिधि मण्डलले कार्यक्रम सञ्चालित सामुदायमा विभिन्न अन्तरक्रिया, छलफल, प्रत्यक्ष अवलोकन गरेको नेपाल रेडक्रस सोसाईटी उदयपुरका सभापती विनोद बस्नेतले जानकारी दिनु भयो ।
कटारी नगरपालिका ४ मा रहेको रेडक्रसको उपक्षेत्रिय गोदामको शभाहल कटारीमा सम्पन्न भएको कार्यक्रममा जापानिज रेडक्रसको प्रतिनिधि, सम्बन्धित वडाका वडा अध्यक्ष, रेडक्रस उदयपुरको सभापति विनोदकुमार बस्नेत, कटारी अस्पतालको प्रतिनिधि, कटारी नगरपालिकाको प्रतिनिधि, रेडक्रस केन्द्रिय कार्यलय विपद् व्यवस्थापन विभागका वरिष्ट कार्यक्रम अधिकृत लगायत ४० जनाको उपस्थित रहेको कोर्ड कार्यक्रम जिल्ला संयोजक खिलराज गुरागाईले जानकारी दिनु भयो ।