Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

जिल्ला लिगको उपाधि गाईघाट फुटवल क्लबलाई

  • उपहार न्यूज
  • बुधबार, जेष्ठ १६ २०८१
जिल्ला लिगको उपाधि गाईघाट फुटवल क्लबलाई

उपहार न्यूज
उदयपुर जेठ १६
उदयपुर ए डिभिजन फुटवल लिगको उपाधि गाईघाट फुटवल क्लबले चुमेको छ । फाइनल खेलमा चिरपरिचित प्रतिद्धन्दि फ्युजन फुटवल क्लब बोक्सेलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै गाईघाट फुटवल क्लबले जिल्ला लिगको उपाधि चुमेको हो ।
गाईघाट स्थित थरुहट रंगशालामा बुधबार आयोजित प्रतिस्पर्धात्मक खेलमा गाईघाट फुटवल क्लबको लागि
जित दिलाउन जर्सि नं १२ का संदिप लिम्बुले खेलको ८३ औं मिनेटमा गरेको गोल नै जितको लागी निर्णायक बन्यो ।
प्रतियोगिताको म्यान अफ द म्याच संदिप लिम्बु बने । विजयी गाईघाट फुटबल क्लबले नगद रु. ५० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । विजेता टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले पुरस्कार हस्ताण्तरण गरेका हुन् । उपविजेता फ्युजन फुटबल क्लब बोक्सेले नगद रु. ३० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।
त्यस्तै प्रतियोगिता भरकै उत्कृष्ट गोलकिपर फ्युजन फुटबल क्लब जर्सि नं ३२ का आशिष बुर्जा मगर भए । उनले नगद २५ सय सहित ट्रफी प्राप्त गरे । गाईघाट फुटबल क्लब जर्सि नं ५ का युवराज थापा बेस्ट डिफेण्डर अफ द टुर्नामेन्ट भए । उनले नगद २५ सय सहित ट्रफी प्राप्त गरे । फ्युजन क्लब बोक्से जर्सि नं ८ का आयुब राई बेस्ट मिडफिल्डर अफ द टुर्नामेन्ट भए । उनले नगद २५ सय सहित ट्रफी प्राप्त गरे । प्रतियोगिता भर ७ गोल गरेका गाईघाट फुटबल क्लबका संदिप लिम्बु सार्वाधिक गोल कर्ता भए । उनले नगद २५ सय सहित ट्रफी प्राप्त गरे । गाईघाट फुटबल क्लबका कोच दिबश श्रेष्ठ बेष्ट प्रशिक्षक भए भने उनले उनले नगद २५ सय सहित ट्रफी प्राप्त गरे । लिग विजेता टोलीले अब उदयपुरको प्रतिनिधितव गर्दै कोशी प्रदेश स्तरिय लिग खेल्नेछ ।

Last updated:2024 May 29 Wednesday 16:48:18

प्रतिक्रिया
सम्बन्धित समाचार